पोखरा ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ साताब्यापी चीन भ्रमणका लागि निस्केका छन् । चीनको हाइनान प्रान्तको राष्ट्रिय दिवशमा प्रमुख अतिथिको निम्तो पाएसँगै मुख्यमन्त्री गुरुङको टोली त्यसतर्फ प्रस्थान गर्न पोखराबाट काठमाडौँ गएका हुन् । उनी मंगलबार चीन उँड्नेछन् ।
मुख्यमन्त्री भैसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो भने नेपालकै मुख्यमन्त्रीहरुमध्ये दोश्रो भ्रमण उनको हो । हाईनानको राष्ट्रिय दिवसमा प्रमुख अतिथिको रुपमा उनलाई निम्तो पठाईएको थियो । कार्यक्रमलाई लक्षित गरी चाइना गएपनि गण्डकी प्रदेशको विभिन्न क्षेत्रको विकासका बारेमा छलफल हुने मुख्यमन्त्रीले बताए । उनले गण्डकी प्रदेशले प्राविधिक शिक्षालय, अन्तराष्ट्रिय सम्मेलन केन्द्र, होमस्टे, अर्गानिक कृषि उत्पादन, हाईड्रो र सोलार उर्जा, प्रदेशभित्रका हरेक स्थानीय तहका केन्द्रमा सडक सञ्जाल विस्तार, विशेष औद्योगिक क्षेत्र निर्माणका लागि साझेदारी गर्ने तयारी गरेको बताए ।
चाइना जानकारे लागि काठमाडौँ जानु अघि सोमबार पोखरा एयरपोर्टमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले प्रदेशको आवश्यकता अनुसार लगानी र अनुदानका लागि आह्वान गर्ने बताए । काम नहुने खालको उधारो सम्झौता नगर्ने उनको प्रतिवद्धता छ ।
‘संघमा यस्ता काम नभएको कारण नै उधारो सम्झौताका कारण हो । हामी उधारो सम्झौता गर्दैनौं । आपसी समझदारी गर्छौं तर देखाउनकै लागि धेरै सम्झौता हुँदैनन् उनले भने ‘आफ्ना स्वार्थ र हित, समृद्धी, लक्ष्यसँग मिल्ने कुरामा मात्रै हाम्रो ध्यान छ । साझेदारी मात्रै हुन्छ अन्तिम सम्झौता हुँदैन । लगानी केन्द्रित गर्न गृहकार्य गरेर आउने हो ।’
विना योजना लगानी र अनुदानका लागि सम्झौता नगर्ने भएकोले भ्रमणबाट हौसिनुपर्ने अवस्था नरहेको मुख्यमन्त्री गुरुङको भनाई छ । ‘हामीसँग कुनै डिपिआर छैन, सम्भाब्यता अध्ययन भएका छैनन् । तर सम्भावनाका क्षेत्र देखाएर फर्किन्छौं, उनी भन्छन ‘यो भ्रमणबाट हौसिनुपर्ने कुरा छैन । स्वार्थ विना कसैले लगानी गर्न खोज्दैन, त्यही स्वार्थभित्र हाम्रो फाईदा खोज्ने हो । हाम्रा योजना र लक्ष्य सुनाउँछौं ।’
मुख्यमन्त्री भएपछि पहिलो पटक विदेश भ्रमणमा निस्केका गुरुङले त्यहाँका शिक्षालय, सम्मेलन केन्द्र, हाईड्रो र सोलार उर्जाको अवलोकन गर्ने कार्यक्रम रहेको सुनाए । भ्रमण दलका सदस्य मूख्यन्यायधिबक्ता राजेन्द्र घिमिरेले दुई प्रदेशबीच साझेदारी सम्झौता मात्रै हुने बताए । ‘सहयोग पायौं भन्दैमा अन्धाधुन्धा सहयोग लिने होईन । हाम्रा प्राथमिकताका क्षेत्रमा मात्रै सहयोग लिन्छौं, उनले भने ‘म्यूचुअल एग्रिमेण्ट हुन्छ ।’ मुख्यमन्त्री गुरुङले आइतबार प्रदेश सभालाई विशेष सम्बोधन गर्दै हाईनान र गण्डकी प्रदेशबीच भगिनी सम्बन्ध कायम हुने बताएका थिए ।
टोलिमा मुख्यमन्त्री गुरुङ, मुख्यन्यायधिबक्ता घिमिरे, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्मा र प्रमुख सचिव लक्ष्मीराम पौडेल सहभागी छन् । त्यस्तै हाइनान प्रदेशकै चाहनामा यहाँका पर्यटन तथा उद्योग क्षेत्रका ब्यवसायीहरु पनि भ्रमणमा सहभागि हुनेछन् ।
सम्बन्धित खबर
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन