क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो।
यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजनिक गरेको अवार्डमा उनले पोर्चुगीज स्टार रोनाल्डो तथा मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारे । पहिलो पटक अवार्ड जित्ने क्रममा मोड्रिचले फिफा अवार्डमा रोनाल्डो र लियोनल मेसीको एकाधिकार पनि तोड्न सफल भए। सन् २००७ यता यो अवार्डमा मेसी र रोनाल्डोको मात्र वर्चस्व रहँदै आएको छ।
रोनाल्डो र मेसीले अवार्डमा समान ५–५ पटक कब्जा जमाएका छन्। इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले मोड्रिचलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको थियो। मोड्रिचलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अवार्ड प्रदान गरे। फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो। फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट भने दुई वर्षअघिनै उसले सहकार्य अन्त गरेको छ।
फिफा वर्ष खेलाडी जितेपछि मोड्रिचले सपना पुरा भएको बताए। मोड्रिचले यो अवार्ड टिमका सबै सदस्यहरुको सहयोगले पाउन सफल भएको भन्दै क्रोएसियन टिमलाई धन्यवाद दिएका थिए। उनले भने ‘यो ट्रफी मेरो मात्र होइन, यो मेरो सबै रियल र क्रोएसियन टिमका साथी र प्रशिक्षकको पनि हो । जोसंगै मैले खेले,३३ बर्षिय मोड्रिचले भने, उहाँहरु बिना यो सम्भव छैन। सबैप्रति आभार ब्यक्त गर्दछु ।’
मोड्रिचले रुस विश्वकपमा गरेको प्रदर्शनले क्रोएसियाको अर्को पुस्ताको लागि प्रेरणाका रुपमा रहने समेत बताए। मार्टा महिला खेलाडी ब्राजिलका फरवार्ड मार्टा फिफा वर्ष महिला खेलाडी घोषित भइन्। मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै उपाधि जितेका हुन्। मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन्। त्यस्तै उत्कृष्ट प्रशिक्षक फ्रान्सलाई विश्व च्याम्पियन बनाउन सफल डिडियर डेसच्याम्प घोषित भए।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’