क्रोएसियन स्टार खेलाडी लुका मोड्रिच फिफा वर्ष खेलाडी घोषित भएका छन्। रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउँदा तथा क्रोएसियलाई विश्वकप फाइनलमा पुर्याउँदा मोड्रिचको प्रदर्शन उल्लेखनिय रहेको थियो।
यो अवार्ड वर्षको उत्कृष्ट खेलाडीलाई फिफाले वर्ष खेलाडीको रुपमा समान गर्दे आएको छ। सोमबार राति एक कार्यक्रम बिच फिफाले सार्वजनिक गरेको अवार्डमा उनले पोर्चुगीज स्टार रोनाल्डो तथा मोहमद सलाहलाई पछि पार्दै अवार्ड हात पारे । पहिलो पटक अवार्ड जित्ने क्रममा मोड्रिचले फिफा अवार्डमा रोनाल्डो र लियोनल मेसीको एकाधिकार पनि तोड्न सफल भए। सन् २००७ यता यो अवार्डमा मेसी र रोनाल्डोको मात्र वर्चस्व रहँदै आएको छ।
रोनाल्डो र मेसीले अवार्डमा समान ५–५ पटक कब्जा जमाएका छन्। इंग्ल्यान्डको लन्डनस्थित रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले मोड्रिचलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको थियो। मोड्रिचलाई फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अवार्ड प्रदान गरे। फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो। फिफाले फ्रान्सको फुटबल म्यागजिनसँगको सहकार्यमा प्रदान गर्दै आएको बालोन डी’ओर अवार्डबाट भने दुई वर्षअघिनै उसले सहकार्य अन्त गरेको छ।
फिफा वर्ष खेलाडी जितेपछि मोड्रिचले सपना पुरा भएको बताए। मोड्रिचले यो अवार्ड टिमका सबै सदस्यहरुको सहयोगले पाउन सफल भएको भन्दै क्रोएसियन टिमलाई धन्यवाद दिएका थिए। उनले भने ‘यो ट्रफी मेरो मात्र होइन, यो मेरो सबै रियल र क्रोएसियन टिमका साथी र प्रशिक्षकको पनि हो । जोसंगै मैले खेले,३३ बर्षिय मोड्रिचले भने, उहाँहरु बिना यो सम्भव छैन। सबैप्रति आभार ब्यक्त गर्दछु ।’
मोड्रिचले रुस विश्वकपमा गरेको प्रदर्शनले क्रोएसियाको अर्को पुस्ताको लागि प्रेरणाका रुपमा रहने समेत बताए। मार्टा महिला खेलाडी ब्राजिलका फरवार्ड मार्टा फिफा वर्ष महिला खेलाडी घोषित भइन्। मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै उपाधि जितेका हुन्। मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन्। त्यस्तै उत्कृष्ट प्रशिक्षक फ्रान्सलाई विश्व च्याम्पियन बनाउन सफल डिडियर डेसच्याम्प घोषित भए।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु