तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३ किल्चोकमा रहेको श्री अकला एवं रुद्रदेवी मन्दिरको स्तरोन्नतिका साथै उक्त क्षेत्र लाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास संगै अतिथि आवास गृह निमार्ण गर्ने लक्ष्यका साथ गत २०७४ चैत्र २५ गते बाट २०७५ वैशाख ३ गते सम्म श्रीमद देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ आयोजना गरिएको थियो ।
उक्त ज्ञान महायज्ञ आयोजक समितिले सम्पुर्ण हिसाव किताव सार्वजानिक गर्दै बाकी रकम मन्दिर सञ्चालक समितिलाई बुझाएको छ । आयोजक समितिका अनुसार महायज्ञमा कुल ८७ लाख ५३ हजार ८ सय ४० रुपैया सकंलन भएको थियो । आयोजक समितिका संयोजक बालाहरी घिमिरेको अध्यक्षता भएको महायज्ञको आयब्यय सार्वजनिक कार्यक्रमको प्रमुख अतिथि म्याग्दे गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष श्री बहादुर थापा रहेका थिए ।
महायज्ञमा १२ लाख ६१ हजार ३ रुपैया खर्च भएको र ८ लाख ५५ हजार ९ सय ६४ रुपैया उठ्न बाकि रहेको आर्थिक उपसमितिका संयोजक बाबुराम बगालेले पत्रकार सम्मेलनमा जानकारि दिए । महायज्ञ बाट ५५ लाख ५४ हजार ७ सय २२ रुपैया बचत भएको आयोजकले जनाएको छ ।
मन्दिर परिसरमा अतिथि आवास गृह बनाउने, १५ लाख अक्षयकोष, पुजारीलाई मासिक तलब दिई नियमित पुजापाठ गराउने आदि अबको योजना रहेको मन्दिरका संस्थापक अध्यक्ष बालहरि घिमिरेले जानकारी दिए । दार्शनिक प्रवचन गर्ने धर्मगुरु व्यासचार्य किशोर गौतम र प्रखर कथावाचक युवा पण्डित पुरुषोत्तम बस्यालको प्रमुखबाचकत्वमा सो महायज्ञ भएको थियो ।
मन्दिर सम्म पुग्ने सडक स्तरोन्नति गर्ने, पक्कि नाली बनाउने र वडाको पहिले प्राथमिकता उक्त सडक रहेको सोहि वडाका अध्यक्ष श्री बहादुर थापा बताए । किल्चोक लाइ धार्मिक पर्यटनको रुपमा विकास गर्ने र होम स्टेको विकास गरिने वडाअध्यक्ष थापाले बताए । कार्यक्रममा म्याग्दे गाउँपालिका वडा नम्बर ३ का वडासदस्य रेख बहादुर सारु र सुनिता नेपालिको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
तनहुँमा शिक्षकले विद्यार्थी कुटेपछि अभिभावकले शिक्षक कुटे
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’