पोखरा प्रिमियर लिग क्रिकेट खेल्ने ६ टोली र ‘मार्की’ खेलाडी सार्वजनिक भएको छ । आयोजक क्वीन्स इभेन्ट्स प्रालीले पत्रकार सम्मेलन गरी फे्रन्चाइज टिम घोषणा गरेको हो ।
फ्रेन्चाइज टिममा काठमाडौं रोयल्स, पोखरा पल्टन, चितवन राइनोज्, बुटवल ब्लास्टर, विराटनगर टाइटेन्स र इक्सर्ट धनगढी ब्लूज छन् ।
यस्तै सबै टिमका मार्की प्लेयर सार्वजनिक भएको छ । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का चितवन राइनोजमा छन् भने उपकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं रोयल्सको मार्की प्लेयर भएका छन् ।
सन्दीप लामिछाने विराटनगर टाइटेन्स, सोमपाल कामी बुटवल ब्लास्टर्स, शरद भेषावकर पोखरा पल्टन र दीपेन्द्र सिंह ऐरी इक्सर्ट धनगढी ब्लूजको मार्की प्लेयर छन् ।
कार्यक्रममा मार्की प्लेयरहरुले पोखरामा क्रिकेट खेल्न आफूहरु उत्साहित रहेको बताए । पारस खड्काले पीपीएलसँग क्रिकेटमा लगानी गर्न नयाँ टिम आएको र यसले नयाँ खेलाडीहरुलाई अवसर दिने बताए ।
पारससँगै ज्ञानेन्द्र मल्ल र शरद भेषावकरले सन् २०१३ मा टी-२० को एसियाली छनोटका क्रममा पोखरामा बन्द प्रशिक्षण गरेको सम्भिmए । ‘पोखरालाई न्यूटल भेन्यू बनाउन सकिन्छ’ ज्ञानेन्द्रले भने ।
सम्बन्धित खबर
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
एन प्याब्सन कास्कीको अध्यक्षमा मनकाजी निर्विरोध
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी