पोखरा, असोज १२ गते । कास्कीका एक युवक एक सातादेखि बेपत्ता भएका छन् । नेपाली सेनाको महेन्द्र नगर ब्यारेक, धनुषामा कार्यरत ऋषि ओझा सम्पर्कविहीन भएका हुन् ।
कास्कीको रुपा गाउँपालिका-२, थुम्की, सिर्कुतानका मङ्गलप्रसाद ओझाका २ भाइ छोरामध्ये जेठो ऋषि छुट्टी सकेर घरबाट हाजिरमा जाँदा बाटैमा अपहरणमा परेका हुन सक्ने पारिवारिक स्रोतले जनाएको छ । सारंगी न्यूजका लागि रुपिन्द्र प्रभावीको समाचार छ ।
यस्तो छ घटना विवरण :
वि.सं. २०७४ असारमा नेपाली सेनामा भर्ती भएका ऋषि काजमा धनुषामा कार्यरत थिए । करिब एक हप्ताको घर बिदा सकेर असोज ७ गते ब्यारेक जान थुम्कीबाट हिंडेका उनी पोखराको पृथ्वीचोकस्थित दिदी महेश्वरी ओझाको पसलमै बास बसेका थिए ।
दिदीका अनुसार ८ गते बिहान ३:३० बजे हाजिरमा जान भन्दै कोठाबाट निस्केका उनी नारायणगढ पुग्दा सम्पर्क भएको थियो । केही समयपछि पुनः सम्पर्क गर्दा अबको केही क्षणमा ब्यारेक पुग्ने जानकारी दिएका थिए उनले । हाजिरमा नगएका उनले असोज १० गते राती ८:४२ मा ब्यारेकमै कार्यरत एक साथीलाई एसएमएस गरी आफू अपहरणमा परेको जानकारी दिएका थिए ।

`अपहरणमा परेको छु, हाजिरमा आउन सकिनँ, बन्द कोठाभित्र छु, ५ लाख रुपैयाँ फिरौती मागेको छ ।´ भनेर पटक पटक एसएमएस गरेको र त्यसपछि मोबाइल स्विच अफ भएको पारिवारिक स्रोतले बताएको छ ।
उनी कार्यरत ब्यारेकबाट भोजराज कार्कीले असोज ११ गते दिउँसो २:३० बजेतिर `तपाईंको मान्छे ८ गते हाजिर हुन आउनुपर्नेमा नआएको भन्दै के भएको हो ?´ भनेर जानकारी मागेपछि मात्रै परिवारलाई यससम्बन्धी जानकारी भएको थियो ।
उनका सहोदर साना बाका छोरा अमृत ओझासँग म्यासेन्जरमा कुरा हुँदा आफू भारततिर रहेको र तनावमा रहेको बताएको पनि जानकारी प्राप्त भएको छ । ब्यारेकले सेना र प्रहरीको सहयोगमा खोजी गरिरहेको जनाएको छ ।
कान्छो भाइ सुदिप ओझा पनि नेपाली सेनाकै विजयपुर ब्यारेकमा कार्यरत छन्
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो