गण्डकन्यूज । पोखरामा श्रीया सुनार (बिक) को बलात्कार पछि हत्या प्रकरण नसेलाउँदै यहाँ नै त्यसभन्दा अगाडिको घटना पर्दाफास भएको छ । पीडित पक्ष नै गुपचुप रहेको अवस्थामा श्रीया हत्या प्रकरणपछि घटनाबारे खुलासा भयो ।
१५ वर्षको बालकले नुहाउन लगेर ७ वर्षीया बालिकालाई बलात्कार गर्छन् । भाइ जेल पर्ने डरले पीडकका दिदीले घरमा भित्राएर सिन्दुर, कपडा लगाएर राख्छन् । अनाथ केटो भन्दै पीडित बालिकाकै बुबाआमा एक पटकलाई क्षमा दिनुपर्छ भन्ने निचोडमा पुग्छन् तर ४ दिनपछि मात्रै प्रहरीलाई जानकारी हुन्छ । आफैमा अचम्म लाग्दो घटना छ ।
गण्डकी टेलिभिजन मार्फत् मिडियामा पहिलो पटक सार्वजनिक भएको ७ वर्षीया बालिका बलात्कारको यस घटनामा १५ वर्षीय केटा संलग्न छन् ।
बुबाआमा र स्वयं बालिकाका अनुसार घटना विवरण यस्तो छः
बालिकाका बुबा मिस्त्री काम गर्ने गर्छन् । २ महिनाअघि मात्र अहिले रहेको ठाउँमा डेरा सरेका हुन् । टिनको ब्लक कोठामा बस्छन् । बालिका २ कक्षामा पढ्छिन् । पोखरामा असोज ६ गते दिउँसो १२ बजिसकेको थियो । छिमेकी १५ वर्षीय केटाले ७ वर्षीया बालिका लिएर नजिकै खोलामा नुहाउन जान्छन् । त्यसपछि खोल्सामा झाडी भएको गुफा जस्तो ठाउँमा फकाइफुलाई लग्छन् । मिठाई दिन्छन् । पैसा दिन्छु, साइकलमा लिएर हिँड्छु । मःम चाउमिन खुवाउँछु भन्दै केटाले बालिकालाई जबर्जस्ती करणी गर्छन् । बालिका रुन्छिन् । फर्किदाँ समेत बालिका रोईरहन्छिन् । केटाले खोलामा फाल्दिन्छु भनेर तर्साउँछन् । बुबाआमालाई नभन्न धम्की दिन्छन् ।
बालिका राति उठ्ने, असजिलो गरी हिँड्ने गर्दा बुबाले आश्चर्य मान्छन् । आमाले कपडा चेञ्ज गर्न लाग्दा रगत देख्छन् र योनाङ्ग सुनिएको देख्छन् । त्यसपछि फकाएर सोध्दा माथि उल्लेखित घटना भन्छिन् । दुई दिनपछि बल्ल घरमा थाहा हुन्छ । आमाले एक महिलालाई देखाएपछि बलात्कृत नै भएको हो भन्ने जवाफ आएपछि डाक्टरकोमा लगेर चेक गराईन्छ । बलात्कार नै भएको पुष्टि गरिदिन्छन् । त्यसपछि छिमेकमा बस्ने कसैलाई पनि घटनाबारे मुख खोलिएको हुन्न । प्रहरीलाई पनि जानकारी गराईंदैन । केटा अनाथ हुन् । बाबुआमा नभएका बालक आफ्नी कान्छी दिदीसँग बस्दै आएका छन् ।
बालिकाका बुबाआमासँग पहिले घटनाबारे थाहा नभएको भनेपनि पछि गल्ती भयो । एकपटकलाई माफी दिनु भन्छन् । बुबाआमा नभएको बच्चा भन्दै पीडित बालिकाका बुबाआमाले घटनाबारे नभन्ने भन्दै माफी दिने सोचमा बसेका हुन्छन् । केटाकी दिदीले ७ वर्षीया बालिकालाई बुहारी बनाउँदै नयाँ लुगा लगाएर भाइलाई सिन्दुर हाल्न लगाई कोठामा लगिसकेको हुन्छ । यद्यपी, बालिकाकी आमाले लुगा फिर्ता गराई घरमा ल्याँउछिन् ।
५ दिनपछि घटना सार्वजनिक हुन्छ ।सुध्रिओस्, गरिखाओस् भन्ने रहेपनि बालिकाकी बुबा अब सजाय पाओस् भन्नेमा पुगिसकेका छन् । बालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । बालिकाकी आमा मार्फत जाहेरी पनि लिईसकेको छ ।
कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले ६ गतेको घटना १० गते मात्र जानकारी आएको जनाउँदै संलग्न भएकोलाई नियन्त्रण लिएको र बालकले स्विकार गरेको जनाएका छन् । यद्यपी, करणी नै भएपनि नाबालकको हकमा उनीहरुबीचको यौन क्रियाकलापलाई बाल यौन दुव्र्यवहार भनिने उनी बताउँछन् । गम्भिर प्रकृतिको अपराध हो भन्दै उनले आरोपीलाई बाल हिरासतमा राखिएको जनाए ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु