पोखरा । कास्कीको मादी गाउँपालिका ९ (साविक मिजुरेडाँडा ८) गहतेको प्रचार प्रसार तथा प्रचारप्रसारका लागि युवाहरु निरन्तर क्रियाशील छन् । नेपालीहरुको महान पर्व बडादशैंको अवसर पारी मादी गाउँपालिकामा ‘दोस्रो मच्छिन्द्रनाथ देवी कप सेभेन ए साईड फुटबल प्रतियोगिता २०७५’ को आयोजना उनीहरु गर्दैछन् ।
सृजना युवा क्लब, गहतेले आफ्नो २३ औं वार्षिकोत्सवको सन्दर्भ पारी आगामी कार्तिक ४ गतेदेखि ६ गतेसम्म प्रतियोगिताको आयोजना गरेको आयोजकले पोखरामा आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पोखराबाट नजिकै रहेर पनि ओझेलमा परेको गाउँको प्रचार प्रसार, पर्यटन प्रवद्र्धनका साथै कुलत जस्ता विकृतिमा युवाहरुलाई फस्न नदिई खेलकुदको विकासमा टेवा पु¥याउने, गुरुङ साँस्कृतिक सम्पदाहरुको संरक्षण र प्रवद्र्धन गर्न सघाउ पुग्नेमा युवाहरु आशावादी छन् ।
गहते गाउँलाई होमस्टे गाउँ बनाई आन्तरिक एवम बाह्य पर्यटन पर्वद्धन गर्न, पवित्र धार्मिक स्थल मछिन्द्रनाथदेवि डाँडाको प्रचारप्रसारका साथै सडक निर्माणमा सहयोग गर्न, उचित खानेपानीको विकास गर्न, समुदायमा रहेका विभिन्न शिक्षा, स्वास्थ्य एवं सडक आदिलाई मर्मत गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक संस्थाका सचिव उत्तर गुरुङले बताए ।
उनका अनुसार प्रतियोगिताबाट प्रथम हुनेले नगद ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा द्वितीय स्थान प्राप्त गर्नेले र नगदन ३० हजार सहित र ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । साथै, विधागत रुपमा उत्कृष्ट गोल किपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र हाईस्कोररलाई पनि पुरस्कार प्रदान गरिने गुरुङले बताए । प्रत्येक खेलमा म्यान अफ दी म्याच ट्रफी पनि प्रदान गरिने छ ।
फुटबलसँगै ठेलो हान्ने, धनुषवाण, रसाकस्सी (विवाहित र अविवाहित पुरुष महिलाबीच), मेच घुमाई र भित्र बाहिर जस्ता खेलको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न २ लाख खर्च लाग्ने र अनुमानित आम्दानी ३ लाख सोचिएको प्रतियोगिताका आर्थिक संयोजक सागर गुरुङले बताए । कल्बका अध्यक्ष दिनेश गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो । पत्रकार सम्मेलन कार्यक्रमको संयोजन देवीजंग गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड
नेपालको कीर्तिमानी जित, माल्दिभ्सको पोष्टमा ११ गोल
स्याङ्जा आईसीसी कपको उपाधि बिरूवालाई
स्याङ्जा आईसीसी कप: उपाधिका लागि विरुवा र पुतलीबजार भिड्ने
अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालको ‘क्लिन स्विप’
साफ महिला च्याम्पियनसिप : आज नेपाल माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदै
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन