पोखरा । सातादिने चीन भ्रमणमा गएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखरा फर्किएका छन् । चीनको हाईनान प्रान्तका गभर्नरको औपचारिक निम्तो मान्न मुख्यमन्त्रीको टोली असोज ९ गते त्यसतर्फ गएको थियो ।
सोमबार नेपाल फर्किएका उनी मंगलबार पोखरा आईपुगेका हुन् । पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले चीन भ्रमणबाट देखिने गरी कुनैपनि आर्थिक सहायता नल्याएको बताएका छन् । ‘विदेश गएपछि कति पैसा ल्यायो भनेर सोध्छन् । के के सम्झौता भयो भनेर सोध्छन्, उनले भने–तर मैले केही पनि ल्याएको छैन । उनीहरुलाई गण्डकी प्रदेशको बारेमा जानकारी मात्रै गराएको छु । गभर्नरको टोलि पोखरा आएका बेला केही सम्झौता होलान् ।’
विशेषगरी गण्डकी प्रदेश र हाईनान प्रदेश तथा पोखरा महानगर र हाईकावो नगर बीच भगिनी सम्बन्ध स्थापित गर्ने बिषयमा सहमति भएको उनले बताए । यसबाहेक टेक्निकल ईन्स्टिच्युट स्थापना र नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिमा त्यहाँका कलेज तथा विश्वाविद्यालयमा पढाउने सहमति पनि भएको छ । तर औपचारिक सम्झौता भने पोखरामा नै हुनेछ । त्यसका लागि नोभेम्वर १० र ११ तारिखमा हाईनानका गभर्नर सहितको टोलि पोखरा आउनेछ ।

हाईनानका निजी क्षेत्र र अन्य सरकारी निकायबीच पनि परस्पर सम्बन्ध स्थापित गर्ने गरी छलफल भएको उनले बताए । विशेषगरी अर्गानिक खेती, नेपालको पर्यटन, उर्जा, औषधी कारखानामा उनीहरु लगानीका लागि ईच्छुक देखिएका मुख्यमन्त्री गुरुङले बताए । उनले नेपाल संघीय संरचनामा गएको बिषय समेत चीनमा जानकारी नभएको बताए । ‘नेपालमा पनि प्रदेश छ भनेर उनीहरुलाई जानकारी गरायौं । संघीयतामा गएको कुरा पनि थाहा रहेनछ, उनले भने–हाईनानमा राजनीतिक स्थिरता छ । नेपालमा त्यो नभएर पनि विकास हुन नसकेको मैले महसुश गरें ।’
अरु देशको नक्कल गरेर आफ्नो ठाउँको विकास नहुने उनले बताए । ‘हाईनान पनि ३० बर्ष पहिले नेपालको कर्णाली जस्तै रहेछ । तर उनीहरुले आफ्नो विशेषता पहिल्याएर त्यसैमा लगानी केन्द्रित गरे, उनी भन्छन्–अर्काको नक्कल गरेर विकास हुँदैन भन्ने उदाहरण हामीले देख्यौं । त्यसैले विशेषता पहिल्याएर लगानीको वातावरण तयार गर्ने हाम्रो जोड रहन्छ ।’

डिएनएनेपालबाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए