गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । निजी क्षेत्रको हवाई कम्पनी यती एयरलाइन्सले पोखरामा ठुलो जहाज एटिआर ७२–५०० उडान शुरु गरेको छ ।
यतीले काठमाडौं–पोखरा–काठमाडौं रुटमा बुधबार उडान शुरु गरेको हो । यतीले पछिल्लो पटक ल्याएको ७२ सिट क्षमता भए पनि पोखरामा ६० जना ल्याउने छ ।
पर्यटकीय सिजन शुरु भए सगँ यात्रुको संख्या बढेकाले ठुलो जहाजबाट सेवा शुरु गरेको यतीका एयरलाइन्सका सञ्चार अधिकृत भीमराज राईले जानकारी दिए । उनले बुधबार मात्रै बिहान ७ र ९ बजे दुईवटा उडान एटिआर ७२–५०० बाट गरेका जानकारी दिए ।
उनले आवश्यकता अनुसार उडान थप्न गर्दै जाने बताए । एटिआर बाहेक यतीले ३० सिट क्षमताको जेटस्ट्रिम ४१ जहाजबाट पनि अरु उडान गर्ने उनले बताए । यतीले यतिबेला काठमाडौं–पोखरा–काठमाडौं रुटमा दैनिक १० वटासम्म उडान नियमित गर्दै आएको छ । बुद्ध एयरले यस अगाडी नै काठमाडौं पोखरा रुटमा एटिआर ७२ उडान भर्दै आएको थियो ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको कति?
‘समस्याग्रस्त सहकारीको ऋण १५ दिनभित्र तिर्नू, सहकारीमा रकम फस्नेहरूले उजुरी गर्नू’
विदेश पढ्ने विद्यार्थीबाट २ महिनामै २८ अर्ब १६ करोड बाहिरियो
बाढीले दुई करोडको तरकारी बाली क्षति
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते