पोखरा पुम्दीभुम्दीमा बलात्कारपछि निर्मम ढंगले हत्या गरिएकी श्रीया सुनार (बिक) को शव दशौं दिनमा आफन्तले बुझेर अन्तिम संस्कार गरेका छन् ।
अपराधी पक्राउ परेको र कडा कारबाहीका लागि प्रहरी प्रशासनबाट प्रतिबद्धता आएपछि शव बुझेर बुधबार पोखरा रामघाटमा दाहसंस्कार गरिएको हजुरबुबा लिलबहादुर सुनारले जानकारी दिए ।
गत असोज ८ गते बेलुकी हत्या गरिएकी १० वर्षीया श्रीयाको शव पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । शोकसभामा बोल्दै कास्कीका प्रहरी प्रमुख एस.पी. ओम बहादुर रानाले अपराधी कानुनी कठघरामा पुगेकोले उसलाई जन्मकैद सहितको करवाही हुने बताए ।

यसैबीच, मृतक श्रीयाका परिवारलाई अष्ट्रेलियाबाट सहयोग प्राप्त भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा सदस्य मातृकाप्रसाद बराल मार्फत अष्ट्रेलियाबाट प्राप्त ४० हजार नगद आज (बुधबार) उनको परिवारलाई हस्तान्तरण गरिएको हो ।
अष्ट्रेलीयन नागरिक लरेन्स जश्मीले सदस्य बराल मार्फत श्रीया परिवारलाई दिएको उक्त रकम आमालाई उनको निवास पुम्दी भुम्दी कोदीमै पुगेर हस्तान्तरण गरिएको लिला आधारभूत बिद्यालयका शिक्षक तारा पौडेलले बताए । बालिकाका बुबा समेत कान्छी टिपेर घर छाडी हिँडे भने आमा बिरामी हालतमा छन् ।
बालिकाको परिवारीक अवस्था कमजोर भएकाले उनको परिवारमा परेको पिडालाई थोरै भए पनि रहात स्वरुप पहिलो चरणमा उक्त रकम जुटाएको सदस्य बरालले बताए । उनले आगामी दिनमा आवश्यक सहयोग जुटाउन पछि नपर्ने बताए ।

आमा बिरामी भएको हुँदा उनका भाई, बहिनीको पढाई खर्च स्वरुप उक्त रकम विदेशबाट प्राप्त भएको बरालले जनाए । उनले भने ‘हाम्रो समाजमा जघन्य अपराध भएको छ, जसको शिकार हाम्रै छोरी भएकोले त्यसको पीडामा घर परिवारसंगै हामी पनि छौं भन्ने सहानुभूति दिन हामीले सानो सहयोग गरेका हौं ।’
पोखरा महानगरपालिका २२ का वडा सचिव रामप्रसाद पौडेलले अपराधी कानुनी कठघरामा आएकोले त्यसलाई कडा कारवाही गर्नको लागि निरन्तर खबरदारी गर्नुपर्ने बताए । समाजमा भएको घटनलाइ कसैले अतिरञ्जित पार्न खोजेमा त्यसको बिरुद्ध स्थानिय एक हुन उनले आग्रह गरे ।
श्रीया विक संघर्ष समितिका सदस्य झम्कनाथ देवकोटाले श्रीया परिवार आर्थिक अवस्थाले निकै कमजोर भएकोले सकेको सहयोग गर्न आव्हान गरे । अर्का सदस्य बिष्णु हरि बरालले न्यायको निम्ति सवै एक हुनु पर्ने बताउँदै यस्ता घटनामा कुनै एक पार्टीले वकालत गर्न आवश्यक नभएको जनाए । संघर्ष समितिका संयोजक मिन बहादुर विकले अपराधि प्रहरीको नियन्त्रणमा आए पनि उनलाइ अदालतले फैसला नगरेसम्म आफुहरुको संघर्ष जारी राख्ने बताए ।

तस्विरः दिननाथ बराल
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो