पर्वत : गत भदौ १८ गते सोमबार राती आफ्नै घरमा शिशुलाई जन्माएर हत्या गरेपछि घर नजिकै रहेको पानीको नहरमा फालेकी पर्वतकी एक युवतीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिईएको छ। जिल्लाको फलेवास नगरपालिका १० कुर्घाकी १७ वर्षीया अविवाहित ती किशोरीसहित उनका प्रेमी मनबहादुर मल्ललाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाले ती किशोरी बालिकाकाे कोटिमा भएका कारण बालसुधार गृह सानोठिमी भक्तपुरमा पठाउन र उनका प्रेमी मनबहादुरलाई पर्वत जिल्ला कारागारमा थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएका हुन्। बच्चा जन्माएर हत्या गरी फालेको दुई दिन पछि प्रहरीले ती युवतीलाई पक्राउ गरेको थियो। उनले प्रहरीसमक्ष प्रेमी मनबहादुरले बच्चा जेसुकै गर भनेपछि बाध्य भएर मारेर फालेको बयान दिएकी छिन्।
उक्त बच्चा मनबहादुरको हो वा होइन भन्ने पत्ता लगाउन डीएनए परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ। यसैबीच, आफ्नै घरमा मृत अवस्थामा भेटिएकी पर्वतको कुस्मा नगरपालिका ७ खरेहाकी बबिता गौतमका परिवारका सदस्यहरु धरौटीमा छुटेका छन्।
पर्वत जिल्ला अदालतले मृतक बबिताका श्रीमानसहित परिवारका चार सदस्यलाई एक\एक लाख धरौटीमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो। गत भदौ ५ गते आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी गौतमको मृत्यु शंकास्पद भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी दिएपछि कर्तव्य ज्यानमा मुद्दा चलेको थियो।
पर्वत जिल्ला अदालतका न्यायाधीश सुर्यबहादुर थापाको आदेशले मृतकका श्रीमान् कृष्णप्रसाद गौतम, उनका ससुरा इमनाथ गौतम, सासु विष्णु शर्मा र नन्दलक्ष्मी गौतम जनही एक एक लाख धरौटी तिरेर छुटेका छन्।
सम्बन्धित खबर
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
पर्वत जिल्ला ईन्टर स्कुल टि–२० क्रिकेट प्रतियोगिता सुरुः नारायण मावि र सरस्वती माविको विजय सुरुवात
पर्वतका ३१ विद्यालयमा विद्यार्थी शून्य, रित्ता विद्यालयमा अझै शिक्षक
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री