महेन्द्र जिसी, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुखले घरैमा पुगेर जेष्ठ नागरिक सम्मान अभियान सञ्चालन गरेका छन् ।
नगरका प्रमुख रामचन्द्र जोशीले आफुले पाउने सबै सरकारी सुविधाले विपतीमा परेका वालवालिका, स्कुल पढ्न नसक्ने दीर्घ रोग लागेका र जेष्ठ नागरीकहरुलाई सहयोग गर्ने अभियान चलाएका हुन् ।
उमेर ८० नाघेका जेष्ठ नागरीकहरु हिँडडुल गर्न नसक्ने र परिवार सबैले सम्मान गर्नुपर्ने भन्दै नगर प्रमुखले यो अभियान सञ्चालन गरेका हुन् । नगरपालिकाका १४ वटै वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने जनाएका छन् ।
कुश्मा नगरपालिकाले नगरभित्रका ९१ जना जेष्ठ नागरिकलाई घरघरै पुगेर सम्मान गर्ने अभियान चलाएपछि नगर प्रमुख सहितका जनप्रतिनिधि पुगेका हुन् । आफ्नो पारिश्रमिकबाट जोशीले स्कुले बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र नगदसमेत सहयोग गर्दै आएका छन् । नगर पालिकाले वडा नं. एक देखि अभियान सञ्चालन गरेर सबै वडाका जेष्ठ नागरीकहरुलाई घरैमा पुगेर सम्मान गरिने नगर प्रमुख जोशीले बताए ।
बुढ्यौली उमेरका जेष्ठ नागरिक सम्मान लिनकै लागि नगरपालिकासम्म आउन नसक्ने भएका कारण घरैमा पुगेर सम्मान गर्ने अभियान चलाएको जोशीले बताए । यसरी घरमा पुगेर वृद्धवृद्धा सम्मान गर्दा जेष्ठ नागरीकको आत्मसम्मान हुने उनको भनाई छ ।
नगरप्रमुखको हैसियतमा पाउने सबै सरकारी सुवीधा यस्तै कार्यक्रम गरेर कार्यकाल पुरा गर्ने जोशीले बताए । विभिन्न नगर पलिकाका आयोजना अनुगमन र वडा स्तरका कार्यक्रममा पुग्दा जेष्ठ नागरीकहरुको घरैमा पुगेर नगर प्रमुख उप प्रमुखहरुले सम्मान अभियानलाइ निरन्तरता दिईएको उपप्रमुख सिता काफ्ले लामिछानेले बताईन् ।

सम्बन्धित खबर
मालढुंगा–बेनी सडकमा पहिरो खस्दा मोटरसाइकल पुरियो, चालक गम्भीर घाइते
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
आगलागीबाट डेरी उद्योग गुमाएका पर्वत कटुवाचौपारीका लामिछानेलाई अमेरिकाबाट सहयोग
प्रहरीले पिछा गरेपछि मालढुङ्गा पुलबाट हामफालेका विशालको खोजी जारी
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मङ्गोलदय माविलाई
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा