साफ यू १८ महिला च्याम्पियनसिपमा नेपाल फाईनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो ।
भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो । भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् ।
नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए ।
नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो । नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो ।

सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी