साफ यू १८ महिला च्याम्पियनसिपमा नेपाल फाईनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाइनलमा भारतलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको हो ।
भुटानको चाङलिमिथाङ रंगशालामा नेपालका लागि पहिलो हाफमा फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरेकी थिइन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।
दोस्रो हाफको ६२ औं मिनेटमा भारतले गोल फर्कायो । भारतकी कप्तान समिक्षाले बायाँ विङ्गसबाट आएको फ्रिकिकमा ६ यार्ड बक्सभित्रबाट हेडरमार्फत सहज गोल गरेकी थिइन् । त्यसअघि नेपाली गोलरक्षक अन्जना रानामगरले दोस्रो हाफको सुरुआतमै वन भर्सेस वनमा राम्रो बचाउ गरेकी थिइन् ।
नेपालका लागि अन्जना रानामगरले दुई प्रहार बचाइन भने भारतको एक प्रहार क्रसबारमा लागेको थियो । नेपालका लागि पुजा रानाको प्रहार सफल हुन सकेन । गोलरक्षक अन्जना, रेखा पौडेल र मनिषा राउतले गोल गरेका थिए ।
नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो । नेपालले समूह चरणको खेलमा पाकिस्तानलाई १२–० ले पराजित गर्दा बंगलादेशसँग भने २–१ ले पराजित भएको थियो ।

सम्बन्धित खबर
अर्जुनचौपारीमा भलिबल उपाधि राङ्खोलालाई
माछापुच्छ्रे गाउँपालिका टेबुलटेनिस संघ गठन
साग स्वर्ण पदक विजेता विप्लवले लिए सन्यास
नवौं पोखरा स्पोर्टस् अवार्ड तयारी सुरु, ७ विधामा अवार्ड
पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि आर्मीलाई
१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
यो पनि पढौँ
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
पोखरा महानगरका कर्मचारी गिरी २५ हजार घुससहित पक्राउ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ