सुन्दरकुमार थकाली, मुस्ताङ । प्रदेश सरकारले अन्धाधुन्द कर उठाएपछि आम्दानी भन्दा बढी कर तिनुपर्दा जोमसोमका किसानले आफ्नै स्याउका बोटहरु धमाधम नष्ट गर्दै भन्ने भ्रामक समाचारको जोमसोमका स्थानीय सरोकारवालाहरुले खण्डन गरेका छन् ।
बिहिबार प्रकाशित अनलाईन ई पत्रिका समाचार पेजले उक्त समाचार पोष्ट गरेपछि मुलुकभर थप कौतहलता सृजना भएको हो ।ई पत्रिका अनलाईन पेजले अन्तमा भनेको छ ‘अब देशको अर्थतन्त्र उकालो लाग्ने भो ।’खालको व्यग्यात्मक आसय तथा फेक समाचार संंम्प्रेषण गरिएपछि सरोकारवाला आश्चार्य चकित परेका हुन् ।
प्रकाशित समाचारकाबारे आफु अनबिज्ञ रहेको निमिक्त प्रमुख जिल्ला अधिकारी मुरारी निरौलाले बताए ।उनले जोमसोममा किसानहरुले स्याउका बोटहरु नष्ट गरेको भन्ने जानकारी नआएको जनाए ।उनले सामाजिक रुपमा बिकृति,बिसङ्गति फैलाउने र समाजमा अस्थिरता सृजना गर्नेहरुको खोजी गरिने जनाए ।‘प्रोपोगाण्डा फैलाउन पाईदैन ,जनमानसमा भ्रम सृजना गर्नु सामाजिक अपराध हो ।’उनले भने ।
जोमसोमका किसान तथा नागरिक समाजका अगुवा चन्द्रबहादुर थकालीले अनलाईन समाचार पुरै झुटो भएको बताए ।उनले सामाजिक संञ्जालको दुरुपयोग गरेर भ्रम सृजना गनेलाई सरकारले कारवाही गर्नुपर्ने उल्लेख गरे ।मुस्ताङ स्याउ उत्पादित जिल्ला भएको र यहाँका किसानले राम्रो मुल्य पाएको जनाए ।प्रधानमन्त्री कृषि आधुनीकरण परियोजना मार्फत मुस्ताङका सबै स्थानीयतहमा स्याउ जोनको रुपमा अघि बढिरहेकाले यसलाई उल्टो प्रचार गर्न खोजिएकोमा दुख व्यक्त गरे ।
संघीयता कार्यान्वय भएपछि कृषिमा लगाएको कर बैज्ञानिक नभएको उल्लेख गरे ।‘अनुउत्पादित स्याउ धनी कृषकलाई पनि सुजबुझ नगरि कर लगाईएको छ ।उत्पादन गर्ने तथा आम्दानी लिने कृषकलाई राज्यले कर लगाउनु पर्छ ।स्थानीयतहले कर समायोजन गर्दा साना किसानको उत्थानमा लाग्नु पर्ने हुन्छ ।’उनले भने ।
घरपझोङ गाउँपालिका कृषि शाखा प्रमुख बिमल खड्काले फोटो बाहिरको राखेर जोमसोमको नाम दिएर गरिएको समाचारले जनमानसमा भ्रम सृजना गरेको बताए ।स्थानीयतह अभ्यासको चरणमा रहेकाले कर दायरा निर्धारण गर्दा केही कमिकमजोरी भएका होलान् तर प्रदेशको नाम जोडेर अन्धाधुन्द कर उठाउदा किसान स्याउ बोट नष्ट गरे भन्ने कुरा सरासर झुटो भएको बताए ।मुस्ताङ जिल्लामा सरकारले स्याउको जोन हबको रुपमा बिकास गर्दे गरेको अवस्थामा मुस्ताङका किसानको हित बिपरित गरिएको अनर्गल प्रचारमा कुनै सत्य नभएको उल्लेख गरे ।
त्यस्तै बागबानी बिकास अधिकृत बालकृष्ण अधिकारीले सामाजिक संञ्जालको दुरुपयोग गर्नेको पहिचान हुनुपर्ने जिकिर गरे ।मुस्ताङ सुन्दर शान्त जिल्ला भएको करकै बिषयलाई लिएर यहाँको किसानले आफ्नै संम्पती नष्ट गर्न नसक्ने बताए ।उनले बिरोध जनाउने अन्य बिकल्प पनि भएको उल्लेख गर्दे स्याउ खतिबाटै यहाँको आधा अर्थतन्त्र धानिएको दावी गरे ।
मुस्ताङमा कुल ४ सय १५ हेक्टर जमिनमा स्याउ उत्पादन भैईरहेको छ भने १२ सय हेक्टर जमिनमा स्याउ खेति गरिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु