पोखरा । पोखराका मुख्य सडकका छेउहरु फोहोरको थुप्रोले ढाकिन थालेपछि पोखरा ९ की राममाया मानन्धरलाई चित्त परेन । साँझसम्म सफा ठाउँमा बिहान उठ्दा फोहोर थुप्रिसकेको हुने । अनि सोचिन्, आफूले सक्दो किन नगर्ने ?
त्यसैले, फोहोर फाल्नेहरुमाथि निगरानी गर्ने मनसायका साथ बेलुकी घरको काम सकेपछि परिवार नै सडकमा निस्कन थाले । झण्डै तीन महिना हुन लाग्यो, राममाया श्रीमान् सन्तोष आले र छोरोका साथ सपरिवार नै राति अबेरसम्म पोखराको सडक निगरानी गर्दै हिँड्छिन् । छोरो बीचमा राखेर श्रीमानले चलाएको मोटरसाइकलमा बसेर पोखराका मुख्य मुख्य सडकमा फोहोर फाल्न नदिन यस्तो दैनिकी नै उनको बनेको छ ।
शान्तिबनबाटिका, पृथ्वीचोक, न्यूरोड, महेन्द्रपुल, पालिखेचोक, बास्तोलाथर, दरबारथोक मार्ग, नयाँबजार लगायतका ठाउँमा उनी डुल्छिन् । कतिलाई फोहोर फाल्दै गरेको अवस्थामा रंगेहात भेटिन्छ । उनीहरुलाई सम्झाईबुझाई गर्ने उनी बताउँछिन् । कति फेरि दोहोरिएर समातिन्छन्, उनीहरुलाई जरिवाना तिराउन समेत पछि नपर्ने राममाया सुनाउँछिन् ।
वडा नं. ९ बासीले जनप्रतिनिधिका रुपमा उनलाई वडा सदस्यमा चुनेको त्यसै होईनन् । सामाजिक गतिविधिमा उनी छुटेकी हुँदैनन् । शौभाग्य आमा समूहकी संस्थापक अध्यक्ष समेत रहेकी राममाया बृहत पोखरा सफाई अभियानकी अभियन्ता पनि हुन् । प्रमुख अभियन्ता रामबहादुर पौडेल सामाजिक काममा राममायाको सक्रियताको प्रशंसा गरेर कम हुने बताउँछन् ।
पोखरा वडा नं. ९ सचिव लोकदर्शन कोइरालाले सडकमा फोहोर फाल्नेहरुलाई मध्येरातसम्म खटिएर खबरदारी गर्ने राममाया स्वयंसेविकाका रुपमा वडाबासीलाई सेवा दिन हरदम तयार हुने बताउँछन् ।
अभियन्ता समेत रहेकी फिस्टेल नर्सिङ क्याम्पसकी प्रिन्सिपल जीता बराल पनि चौबिसै घण्टा निस्वार्थ सेवाका लागि खटिने राममाया जस्ता जनप्रतिनिधि देखेर आफू प्रभावित हुने बताउँछिन् ।
राममाया जस्तै, न्यूरोड क्षेत्रमा शिक्षिका एवं रेडियो गोर्खालीकी स्टेशन म्यानेजर खिमा गुरुङ यसरी नै पोखरा फोहोर बन्न नदिने अभियानमा जुटेकी छन् ।
पोखरा उपत्यका वृहत सफाई अभियानको १२३ औं श्रृंखला
सफा पोखरा अभियानमा अभियन्ताहरु वर्षौंदेखि लागिरहेका छन् । हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने मूल मन्त्रका साथ सुरु भएको पोखरा उपत्यका वृहत सफाई अभियानको १२३ औं श्रृंखला सम्पन्न भईसकेको छ । शनिबार पोखरा औद्योगिक क्षेत्रमा सरसफाई गरिएको छ । यो अभियान मुलुकमै निरन्तर र गर्वलायक अभियान बनेको छ ।
पछिल्लो दुई तस्विरः अभियन्ता अञ्जु क्षेत्री
सम्बन्धित खबर
गण्डकीको हिउँदे अधिवेशन माघ २१ गते, प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने
गण्डकीका स्वास्थ्य सचिव विनोद विन्दु शर्माको सरुवा, डा. बगालेको पदस्थापन
रवि लामिछानेसहितलाई धरौटीमा छाड्नुको आधार र कारण माग्याे उच्चले
रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता
‘पोखरा एक्स्चेन्ज एण्ड टेस्ट ड्राइभ कार्निभल’ सम्पन्न, २ सय भन्दा बढीले गरे टेष्ट ड्राइभ
१२ औं क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा ‘यूएनभी’
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी