पोखरामा अर्को घटनाः १ हजारको लोभ देखाएर ३ बालिका लेकसाइडको कोठामा राख्ने २ किशोर पक्राउ

पोखरामा अर्को घटनाः १ हजारको लोभ देखाएर ३ बालिका लेकसाइडको कोठामा राख्ने २ किशोर पक्राउ

sexual

पोखरा, २२ असोज । यौन दुव्यर्वहारका घटना दिनप्रतिदिन सार्वजनिक हुने क्रम बढ्दो छ । पोखरामै बलात्कारका एक पछि अर्को घटना सार्वजनिक भईरहँदा आइतबार दुई किशोर पक्राउ परेका छन् । उनीहरु तीन बालिकालाई लेकसाइड स्थित एक घरको कोठामा पैसाको लोभमा राखेको भेटिए ।

एक हजारको लोभ देखाएर आफूसंग रात बिताउन लगेका भारतीय दुई किशोर प्रहरी फन्दामा परेका हुन् । पोखराको लेकसाईडबाट भारतको विहार राज्यको दतिया जिल्ला घर भई हाल पोखरामा बस्दै आएका १७ वर्षीय सदरे आलम र उनका साथी समिन आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।

आइतबार साँझ ५ बजेदेखि हराएका ३ बालिकालाई ललाई फकाई आफूसंगै राखेको खुलेको छ । उनीहरु ३ जना नै कालिका माध्यमिक विद्यालयमा पढ्ने छात्राहरु हुन् । पोखरा वडा नं १५ का उनीहरु १०, ११ र १२ वर्षका छन् । विद्यालयबाट फर्केपछि सम्पर्कविहिन भएको र खोज्ने क्रममा पोखराको लेकसाईडस्थित सदरे आलमसंगै उनीहरु फेला परेको वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक दिपक केसीले जानकारी दिए । उनीहरु लेकसाईडमा बन्दै गएको एउटा घरको कोठामा बसेका थिए । कडा न्युज डटकमका लागि जीवन सुवेदीको न्युज छ ।

घटना विवरण अनुसार आइतबार विहान साढे ६ बजेबाट सजिना तामाङ सहितका ५ जना छात्राहरु नृत्य सिक्न भनि घरबाट निस्केका थिए । ११ बजेसम्म स्कूलमा नृत्य सिकेको र त्यसपछि स्कूलबाट उनीहरु घर नगई सिधै पैदल नै हिँडेर लेकलाईड पुगेका थिए । लेकसाईडमा सजिनाको चिनजान भएका व्यक्ति सदरे आलमको कोठमा पुगेपछि फेरि भाटभटेनी पुगेका थिए । दिनभर घुमेर साँझ ५ बजेतिर सजिनाको घर पुगेका उनीहरुलाई सजिनाको आमाले गाली गरेपछि सजिना घरमै बसिन भने अर्की एक साथी पनि घरतिर लागिन् । बाँकी ३ जना बालिकाहरुलाई लिएर सदरे आलम भने लेकसाईडतिर लागेका थिए । आलमले बालिकाहरुलाई आफूसंगै बसेमा पैसा दिने भन्दै फकाएका थिए । त्यसपछि आफ्नो साथीलाई समेत बोलाई बालिकाहरुमाथि दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक रिपोर्ट अनुसार ती बालिकाहरुमाथि यौन दुव्र्यवहार भएको दखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गुरुङले जानकारी दिए । अहिले उनीहरु जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको जनाईएको छ । (गोपनियताको कारण बालिकाहरुको नाम खुलाईएको छैन ।)

१ हजार दिन्छु भनि ३ बालिका फकाएर यौन दुव्र्यवहार गरेको आरोपमा दुई व्यक्ति पक्राउ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ