पोखरा प्रिमियर लिग (पीपीएल) आउँदो कात्तिक ९ गतेदेखि २० गतेसम्म हुँदैछ। पोखरा मैदानको काम अन्तिम चरणमा पुगेको छ । मैदानको पिच र प्याराफिटको काम अन्तिम चरणमा पुगेको हो ।
बर्खा सकिएसँगै हिमाल खुलेका छन्, मैदानबाट हिमालहरु प्रष्टै देखिने भएकाले मैदान निकै सुन्दर देखिएको छ । कप्तान पारस खड्काले सुन्दर पोखरा रंगशालाको फोटो पोष्ट गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलाडी पनि आउने भएकाले हिमाल हेर्दै क्रिकेट खेल्न र हेर्न पाइने हुँदा पोखराको बारेमा ठूलो प्रचारप्रसार हुनेछ । विश्वमा यस्ता सुन्दर मैदान कम मात्रै भएकाले पोखरालाई क्रिकेट पर्यटनको रुपमा विकास गर्न सकिनेछ ।
पीपीएललाई आईसीसीको मान्यता
पोखरा प्रिमियर लिग (पीपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रेस विज्ञप्ती मार्फत आईसीसीले पीपीएललाई मान्यता दिएको जनाए। उनले आईसीसीले तोकेको मापदण्डअनुसार सबै कागजपत्र बुझाउनुका साथै प्रतिबद्धता जनाएपछि आईसीसीको स्विकृती आएको बताए। आईसीसीको स्विकृतीकालागि विश्व क्रिकेटको सर्वोच्च संस्थाले तोकेको २० हजार डलर पनि बुझाएको उनले जनाएका छन्।
आईसीसीको स्विकृतीअनुसार नेपाली राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीले पीपीएलमा सहभागिता जनाउन पाउने छन्। विदेशी खेलाडीको हकमा ती खेलाडीले पीपीएल खेल्न चाहेमा सम्बन्धित देशको स्विकृती पत्र लिएर आउनु पर्नेछ। पीपीएलमा एउटा टोलीमा दुई विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ।
६ वटा टिमले खेल्ने पीपीएलका लागि खेलाडीको अक्सन भैसकेको छ भने विदेशी खेलाडी किन्ने क्रम चलिरहेको छ ।विराटनगर टाइटन्स, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजले पीपीएलमा प्रतिस्पर्धा गर्नेछन्।
सम्बन्धित खबर
‘रास्वपाका नेताहरु घर-घरमा पुगेर सहकारी पीडित बचतकर्तालाई भड्काए’ [विज्ञप्ति]
पर्यटकको चाप बढ्न नसक्दा पोखराका पर्यटन व्यवसायी चिन्तित
पोखराको सहिदचोकमा प्रहरीको पेट्रोल पम्प निर्माण रोक्न अन्तरिम आदेश
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन
स्याङ्जामा पूर्वसैनिकको घरमा सकेट बम विष्फोट, पुरी घाइते