पोखरा प्रिमियर लिग (पीपीएल) आउँदो कात्तिक ९ गतेदेखि २० गतेसम्म हुँदैछ। पोखरा मैदानको काम अन्तिम चरणमा पुगेको छ । मैदानको पिच र प्याराफिटको काम अन्तिम चरणमा पुगेको हो ।
बर्खा सकिएसँगै हिमाल खुलेका छन्, मैदानबाट हिमालहरु प्रष्टै देखिने भएकाले मैदान निकै सुन्दर देखिएको छ । कप्तान पारस खड्काले सुन्दर पोखरा रंगशालाको फोटो पोष्ट गरेका छन् ।
अन्तर्राष्ट्रिय खेलाडी पनि आउने भएकाले हिमाल हेर्दै क्रिकेट खेल्न र हेर्न पाइने हुँदा पोखराको बारेमा ठूलो प्रचारप्रसार हुनेछ । विश्वमा यस्ता सुन्दर मैदान कम मात्रै भएकाले पोखरालाई क्रिकेट पर्यटनको रुपमा विकास गर्न सकिनेछ ।
पीपीएललाई आईसीसीको मान्यता
पोखरा प्रिमियर लिग (पीपीएल) लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ ।
क्विन्स इभेन्ट्सका प्रबन्ध निर्देशक छुम्बी लामाले प्रेस विज्ञप्ती मार्फत आईसीसीले पीपीएललाई मान्यता दिएको जनाए। उनले आईसीसीले तोकेको मापदण्डअनुसार सबै कागजपत्र बुझाउनुका साथै प्रतिबद्धता जनाएपछि आईसीसीको स्विकृती आएको बताए। आईसीसीको स्विकृतीकालागि विश्व क्रिकेटको सर्वोच्च संस्थाले तोकेको २० हजार डलर पनि बुझाएको उनले जनाएका छन्।
आईसीसीको स्विकृतीअनुसार नेपाली राष्ट्रिय खेलाडी र अन्तर्राष्ट्रिय खेलाडीले पीपीएलमा सहभागिता जनाउन पाउने छन्। विदेशी खेलाडीको हकमा ती खेलाडीले पीपीएल खेल्न चाहेमा सम्बन्धित देशको स्विकृती पत्र लिएर आउनु पर्नेछ। पीपीएलमा एउटा टोलीमा दुई विदेशी खेलाडी राख्न पाउने नियम रहेको छ।
६ वटा टिमले खेल्ने पीपीएलका लागि खेलाडीको अक्सन भैसकेको छ भने विदेशी खेलाडी किन्ने क्रम चलिरहेको छ ।विराटनगर टाइटन्स, चितवन राइनोज, हुलास काठमाडौं रोयल्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स र एक्सपर्ट धनगढी ब्लुजले पीपीएलमा प्रतिस्पर्धा गर्नेछन्।
सम्बन्धित खबर
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
हिसान कास्कीको वक्तृत्वकला प्रतियोगितामा प्रतिभा माविका विद्यार्थी उत्कृष्ट
प्रदेश प्रमुख समक्ष प्रदेश लोक सेवा आयोग गण्डकीको प्रतिवेदन पेस
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु