पोखरा | पाँच लाख रुपैयाँ घुससहित एक सहन्यायाधीवक्ता पक्राउ परेका छन् । मुद्दा मिलाई दिने भन्दै सेवाग्राहीसँग घुस मागेका कास्की जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता सुरेन्द्रबहादुर थापालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयबाट खटेकोे टोलीले पक्राउ गरेको हो ।
कार्यालयका सुचना अधिकारी रमेश ढकालकाअनुसार बिहान पौने ९ वजेको समयमा उनी कार्यालयबाटै पक्राउ परेका हुन । मुद्दा जितेका एक सेवाग्राहीको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने भन्दै उनले घुस मागेको सेवाग्राहीले उजुरी दिएपछि उनी पक्राउ परेका हुन् । थापालाई हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको ढकालले जानकारी दिए ।
सम्बन्धित समाचार
कास्की मालपोतबाट ५० हजार घुससहित २ कर्मचारी ख्याम नारायण र सञ्जय समातिए
पोखरा । ५० हजार रुपैयाँ घुससहित मातपोत कार्यालय कास्कीका दुई कर्मचारी समातिएका छन् । ५० हजार रुपैयाँ घुस लिँदै गर्दा कर्मचारी ख्याम नारायण पौडेल र खरिदार सञ्जय शर्मालाई मंगलबार पौने ५ बजे कार्यालयबाटै पक्रेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले घुस लिँदै गर्दा कर्मचारीलाई समातेको हो ।
केहि दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले मालपोत र नापी कार्यालयहरुमा भ्रष्टाचार व्याप्त रहेको स्वीकार गर्दै भ्रष्टाचारमा सलग्न कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था रहेको बताएका थिए । मंगलबार मात्रै भूमिसुधार मन्त्री पद्मा अर्यालले खाली भए नयाँ नियुक्ति गर्ने भन्दै आफूलाई मालपोत र नापीका कर्मचारी भ्रष्ट हुँदा लाजले टाउको निहुराउनुपर्ने अवस्था बनेको बताईन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरे मंगलबार पोखरा आइपुगेको बेला पोखरा कार्यालयले घूससहित मालपोत कर्मचारी समातेको संयोग जुरेको छ । पोखरा मासबारमा बन्न लागेको अख्तियारको प्रादेशिक कार्यालय भवनको बुधबार प्रमुख आयुक्तले शिलान्यास गर्दैछन् ।
जग्गा धितोबन्धक राख्न आएका सेवाग्राहीसँग उनीहरुले घूस लिएका थिए । छिटो काम गर्ने भन्दै ती कर्मचारीले सेवाग्राहीसँग घूस लिएको अख्तियार स्रोतले जनाएको छ । बैंकमा जग्गा धितो राख्न ढिला हुँदा ऋणदर बढ्ने भन्दै हतारिएका सेवाग्राहीको समस्या देखेर अत्तो थाप्दै कर्मचारीले घूस लिएका हुन् ।
ती कर्मचारीलाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु