पोखरामा हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट प्रतियोगिताका लागि यस्तो छ तयारी

पोखरामा हुने अन्तर्राष्ट्रिय मान्यता प्राप्त क्रिकेट प्रतियोगिताका लागि यस्तो छ तयारी

Pokhara ground (1)

पोखरा । आगामी कार्तिक ९ देखि २० गते सम्म पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टि–२० क्रिकेट प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको छ । प्रतियोगितास्थल पोखरा क्रिकेट रंगशालामा का अस्थायी प्यारापिट निर्माण कार्य भइरहेको छ ।

करिब ४ हजार ५ सय दर्शक क्षमताका लागि पोखराको एक निजी संस्थाले प्यारापिट बनाउन लागेको हो । रंगशालाको मुख्य काम मध्येको एक प्यारापिट र शौचालयको पनि राम्रो प्रबन्ध गरिएको आयोजक संस्था क्विन्स इभेन्ट मेनेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले बताएका छन् । शौचालय भन्ने स्थायी प्रकारको हुनेछ ।

करीब तीन महिना अघिबाट क्रिकेट पिचको निर्माण शुरु गरेको आयोजक संस्थाले रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन प्रयास गरेको छ । ४ हजार ५ सय क्षमताको प्यारापिट सहित करिब ६ हजार दर्शकले पिपिएलको अबलोकन गर्न सक्ने प्रबन्ध निर्देशक छुम्बीले बताए ।

यस्तै, मैदानको बाहिरी भागलाई पनि सफाइ गरेर सुन्दर बनाउने प्रयास गरिएको छ ।

पोखरा स्पोर्टस् डटकमबाट, तस्विरः सुदर्शन रञ्जित

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ