पोखरा । गण्डकी प्रदेशका आर्थिक मार्मिला तथा योजना मन्त्री किरण गुरुङले देशलाई समृद्ध बनाए कर उठाउनै पर्ने बताएका छन् । रानीवन बचत तथा ऋण सहकारी संस्थाको शुक्रबार पाँचौ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै मन्त्री गुरुङले देशलाई समृद्ध बताउन आर्थिक आवश्यक पर्ने बताए ।
‘देश विकास गर्नलाई आर्थिक चहिन्छ,’ उनले भने, ‘सरकारको कुनै व्यापार व्यवसाय हुदैन, जनता सगँ कर नै उठाएर विकास गर्ने हो ।’ ‘नेपालमा पृथ्वीनारायण शाहले युद्ध लड्दा एक पैसा उठाएर नेपाल एकिकरण गरेको सम्झना गर्दै’ उनले भने ‘अहिले देश विकास गने सरकारले कर उठाउनु पर्ने आवश्यकता छ ।’
उनले कर बलजबस्ती उठाउने हैन नागरीकहरुले नै दायित्व सम्झेर तिर्नु पर्ने बताए । उनले सरकारले जति बढि कर संकलन ग¥यो त्यती नै धेरै विकास गर्ने सक्ने बताए । ‘जसरी सहकारीले जति धेरै बढि ऋण प्रवाह गर्न सक्यो, त्यती नै ऋण प्रवाह गर्न सक्छ,’ मन्त्री गुरुङले भने ‘त्यसरी नै सरकारले पनि जति बढि राजश्व संकलन ग¥यो, त्यती नै विकास गर्न सकिन्छ ।’ उनले गण्डकी प्रदेश सरकारले ५ वर्ष भित्र प्रति व्यक्ति आय २५ सय डलर पु¥याउने लक्ष्य लिएको भन्दै सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नु पर्ने बताए ।
कार्यक्रममा रानीवन बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार किसान सुनार, पोखरा पर्यटन परिषद्का महासचिब तथा सल्लाहकार दिल गौतम, सल्लाहकार रामचन्द्र पौडेल, नाट्टा पोखराका अध्यक्ष तथा सहकारीका सल्लाहकार सन्तोष पोख्रेल, टिकाराम सापकोटा, एनआइसि बैंक विरौटा शाखाका प्रमुख चुडामणी पराजुली लगाएतले सहकारीको लगानी उत्पादन मुलक क्षेत्रमा भएमा देश विकासमा टेवापुग्ने बताए ।
रानीवन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष प्रेम सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अच्चुत पौडेलले स्वागत र सचिब सुवास अधिकारीले सञ्चालन गरेका थिए । सहकारीको २ करोड ४७ लाख शयेर पुँजी, ८ करोड लागनी र ७ करोड ५० लाख निक्षेप संकलन रहेको सहकारीका अध्यक्ष प्रेम सुबेदीले जानकारी दिए । सहकारीमा ८३ जना शेयर सदस्य रहेका छन् ।
रानीवन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा प्रेम सुबेदी चयन भएका छन् । उपाध्यक्षमा अच्चुत पौडेल, सचिबमा सुवास अधिकारी, कोषाध्यक्षमा प्रकासकुमार श्रेष्ठ, सदस्यमा सागर भुगाई, शरद काफ्ले, कमला श्रेष्ठ चयन भएका छन् । त्यसै गरि लेखा समिति संयोजकमा रेशम अधिकारी चयन भए ।
सम्बन्धित खबर
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
बुद्ध विशाल बजार व्यापरिक एशोसियसनको उपाध्यक्षमा मनोहरि पौडेल चयन
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
चलचित्र पत्रकार संघ कास्कीमा सन्तोषको नेतृत्वमा नयाँ कमिटी
प्रतिभामा एचएमका विद्यार्थीको कला र सीप प्रदर्शन
कालिका क्याम्पसमा केसी परिवारद्वारा ३ करोड बढी लगानीमा पुस्तकालय भवन
यो पनि पढौँ
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
गायक प्रशान्त तामाङ रहेनन्
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोधः वडाध्यक्षले खुकुरी नचाएपछि पक्राउ
विशेष महाधिवेशनको नाममा पार्टी फुटाएपछि कांग्रेसका ५ प्रदेश र ४८ जिल्ला सभापतिको असहमति