पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारकर्मीहरुले जति आलोचना गरेपनि त्यसबाट आफूलाई सकारात्मक उर्जा मिल्ने धारणा राखेका छन् ।
पत्रकारले गर्ने आलोचनाबाट पृष्ठपोषणको काम गर्ने भएकोले त्यसलाई आफुले पुराणको रुपमा लिने उनले बताए । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा शुक्रबार मेयर जिसीले आलोचना र टिकाटिप्पणी गर्दा समाधान सहित गर्न समेत सुझाए । मेयर जिसीले भने- ‘सकेको आलोचना गर्नुस्, नत्र हामी प्रशंसाले फुर्किन्छौं’
महानगर पत्रकार महासंघसँग सहकार्य गरेर जान तयार रहेको उल्लेख गर्दै मेयर जिसीले पत्रकार सुरक्षा तथा दुर्घटना विमा लगायतका कार्यक्रमहरुमा महानगरले सहयोग गर्ने बताए । मेयर जिसीले पत्रकारिता क्षेत्र चूनौतीपूर्ण रहेको भन्दै पत्रकार नैतिक र ईमान्दार वन्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले विशेषगरि छापा सञ्चार माध्यममा पछिल्लो समय चूनौतीहरु देखिएको उदाहरण प्रस्तुत गर्दै पत्रकारहरुले आफूलाई सबैखालका सञ्चारमाध्यममा फिट हुने गरि क्षमता विकास गर्न आग्रह गरे । उनले नेपालमा पत्रकारलाई धेरै स्वतन्त्र रहेको भन्दै आफ्नो दायरा बुझेर कर्म गर्न आग्रह पनि गरे ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारितामा रुचीभएका व्यक्तिहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिलाई समाचार लेख्न सक्षम बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानि, पूर्व अध्यक्ष एवं सल्लाहकार बद्रीविनोद प्रतिक, पूर्व अध्यक्ष पुण्य पौडेल, उपाध्यक्ष बिमला भण्डारी, सचिब रामप्रसाद तिमिल्सिना तथा तालिम संयोजक कृष्ण दवाडीले तालिमले पत्रकारिताको विकासमा टेवा पुगेको धारणा राखे ।
असोज २४ गतेबाट संचालन भएको तालिममा ४५ जना सहभागि थिए । सहभागिहरुलाई पोखराका अग्रज पत्रकारहरुले समाचार लेखन, समाचारका स्रोतहरु, पत्रकार आचारसंहिता लगायत विषयमा तालिम दिए ।

तालिम समापन अवसरमा पत्रकारहरु विनोद लामिछाने, दुर्गा अधिकारी, दीननाथ बराल, अर्जुन गिरीले पत्रकारिताको दौरान विदेश जाँदाको आफ्नो अनुभव शेयर गरेका थिए ।
सम्बन्धित खबर
पोखराका पर्यटन व्यवसायी बन्दिपुरमा
बुद्धको उपदेश आजको विश्व परिवेशमा झन उपयोगीः थापा
लेखनाथ पत्रकार मञ्चमा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत
युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्त्वपूर्णः प्रदेश प्रमुख भट्ट
बुद्ध जयन्तीको अवसरमा पेमा धेछेन्लिङ गुम्वामा प्रवचन हुने
अन्नपूर्ण पदमार्गमा नेपाली सेनाको सरसफाई अभियान सम्पन्न, २९० किलो फोहोर संकलन
यो पनि पढौँ
पत्रकार महासंघका पूर्व सदस्य बास्तोलाको निधन
पोखरामा वडाध्यक्षले एकै दिन कर्मचारी र व्यवसायीमाथि हातपात गरेपछि तनाव
कर्मचारी र व्यवसायीलाई हातपात गर्ने पोखराका वडाध्यक्ष पराजुली पक्राउ
पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति