पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सञ्चारकर्मीहरुले जति आलोचना गरेपनि त्यसबाट आफूलाई सकारात्मक उर्जा मिल्ने धारणा राखेका छन् ।
पत्रकारले गर्ने आलोचनाबाट पृष्ठपोषणको काम गर्ने भएकोले त्यसलाई आफुले पुराणको रुपमा लिने उनले बताए । नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको आधारभुत पत्रकारिता तालिम समापन कार्यक्रममा शुक्रबार मेयर जिसीले आलोचना र टिकाटिप्पणी गर्दा समाधान सहित गर्न समेत सुझाए । मेयर जिसीले भने- ‘सकेको आलोचना गर्नुस्, नत्र हामी प्रशंसाले फुर्किन्छौं’
महानगर पत्रकार महासंघसँग सहकार्य गरेर जान तयार रहेको उल्लेख गर्दै मेयर जिसीले पत्रकार सुरक्षा तथा दुर्घटना विमा लगायतका कार्यक्रमहरुमा महानगरले सहयोग गर्ने बताए । मेयर जिसीले पत्रकारिता क्षेत्र चूनौतीपूर्ण रहेको भन्दै पत्रकार नैतिक र ईमान्दार वन्नुपर्नेमा जोड दिए ।
पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले विशेषगरि छापा सञ्चार माध्यममा पछिल्लो समय चूनौतीहरु देखिएको उदाहरण प्रस्तुत गर्दै पत्रकारहरुले आफूलाई सबैखालका सञ्चारमाध्यममा फिट हुने गरि क्षमता विकास गर्न आग्रह गरे । उनले नेपालमा पत्रकारलाई धेरै स्वतन्त्र रहेको भन्दै आफ्नो दायरा बुझेर कर्म गर्न आग्रह पनि गरे ।
महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारितामा रुचीभएका व्यक्तिहरुलाई पत्रकारिताको आधारभुत ज्ञान दिलाई समाचार लेख्न सक्षम बनाउने उदेश्यले तालिम आयोजना गरिएको बताए ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानि, पूर्व अध्यक्ष एवं सल्लाहकार बद्रीविनोद प्रतिक, पूर्व अध्यक्ष पुण्य पौडेल, उपाध्यक्ष बिमला भण्डारी, सचिब रामप्रसाद तिमिल्सिना तथा तालिम संयोजक कृष्ण दवाडीले तालिमले पत्रकारिताको विकासमा टेवा पुगेको धारणा राखे ।
असोज २४ गतेबाट संचालन भएको तालिममा ४५ जना सहभागि थिए । सहभागिहरुलाई पोखराका अग्रज पत्रकारहरुले समाचार लेखन, समाचारका स्रोतहरु, पत्रकार आचारसंहिता लगायत विषयमा तालिम दिए ।

तालिम समापन अवसरमा पत्रकारहरु विनोद लामिछाने, दुर्गा अधिकारी, दीननाथ बराल, अर्जुन गिरीले पत्रकारिताको दौरान विदेश जाँदाको आफ्नो अनुभव शेयर गरेका थिए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो