आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोट प्रतियोगिताको विजेता बन्दै नेपाल अघिल्लो चरणमा प्रवेश गरेको छ । सिंगापुरसँग शुक्रवार भएको अन्तिम खेल वर्षाले प्रभावित भएपछि नेपाल नेट रनरेटका आधारमा विजेता बनेको हो । ६ खेलबाट समान ११ अंक जोडेको सिंगापुर उपविजेता बनेको छ ।
८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३ बल मात्र खेल्दा पानी परेपछि खेल रोकिएको थियो । नेपालले ३ बलमा १ विकेट गुमाएर १ रन जोडेको थियो । अनिल साह रनको खाता नै नखोली आउट भएका हुन् । खेल रोकिँदा क्रिजमा कप्तान पारस खड्का र विनोद भण्डारी थिए ।मलेसियाको क्वालालाम्पुरमा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भएको थियो ।
सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १-१ विकेट लिए । सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वा्धिक २५ तथा मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
प्रतियोगिताबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।
अब यी छ टोलीबीच दोस्रो चरणको छनोट प्रतियोगिता हुनेछ । सो प्रतिस्पर्धाबाट शीर्ष दुई टोली अन्तिम चरणको छनोटका लागि छानिने छन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने छ । १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् । विश्वकप टी-ट्वान्टी सन् २०२० मा अष्ट्रेलियामा हुँदैछ ।
कीर्तिमानी सन्दीप
सन्दीप लामिछमाने एकै प्रतियोगितामा नेपालको लागि सर्वा्धिक विकेट लिने खेलाडी बनेका छन् । उनले प्रतियोगिता भरी कुल २४ विकेट लिए । शुक्रबार सिंगापुरसँगको खेल अगाडि सन्दिपले ५ खेलमा २० विकेट लिइसकेका थिए । शुक्राबार चार विकेट थप्दै सन्दीप नेपालका किर्तीमानी बलर बनेका हुन् ।
यसअघि बसन्त रेग्मीले २०१२ को विश्व क्रिकेट लिग डिभिजन-४ मा २१ विकेट लिएका थिए । सो प्रतियोगिता पनि मलेसियामा नै भएको थियो ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु