लेखनाथ । पोखरा – २७, लेखनाथमा आयोजित ‘सिनियर मिनि म्याराथन’ मा पुरुषतर्फ मनकाजी पुन र महिलातर्फ सुमित्रा बस्ताकोटीले प्रथम स्थान प्राप्त गरेका छन् ।
बडादशैंको अवसरमा स्थानीय सृजनशिल युवा क्लबले शनिबार आयोजना गरेको उक्त म्याराथन खोलाकोडिल–जरुवा–घैंटेकोखोर–खराने बिर्ता हुँदै पुनः खोलाकोडिलमै पुगेर ३ हजार ५ सय दुरीमा प्रतिष्पर्धा गराइएको थियो ।
‘विकास अनुशासन र गतिशिलता, स्वस्थ समाज हाम्रो प्रतिवद्धता’ भन्ने नाराका आयोजित प्रतियोगितामा पुरुष समूहमा ४५ जना र महिला समूहमा ३९ जना सहभागी थिए । ७५ वर्षसम्मका बृद्धबृद्धाले समेत प्रतिस्पर्धामा भाग लिएर कार्यक्रमलाई रोमाञ्चक बनाए ।
पुरुष समूहको दौडमा ४२ वर्षीय पुनले १६ मिनेट ३० सेकेण्डमा उक्त दुरी पार गरी प्रथम बने । २१ मिनेट २ सेकेण्ड समयमा दुरी पार गरेर महिलासमूहबाट ३८ वर्षीया बस्ताकोटी प्रथम बनिन् । महिला पुरुष दुबै समूहका प्रथम उपाधि बिजेताले नगद ५/५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
पुरुष समूहबाट ३७ वर्षीय अकबहादुर पुन १६ मिनेट ४४ सेकेण्ड समयमा दोस्रो बने । महिलातर्फ ३६ वर्षीया उमा दमाई २१ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी दोस्रो बनिन् । उनीहरुले नगद ३/३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र हात पारे ।
१७ मिनेट ५ सेकेण्ड समयमा पुरुष समूहबाट ४२ वर्षीय गोविन्द वाग्ले तेस्रो बन्न सफल भए । त्यस्तै, २२ मिनेट ७ सेकेण्ड समयमा उक्त दुरी पार गरी ४० वर्षीया सुनिता क्षेत्री महिला समूहबाट तेस्रो बन्न सफल रहिन् । तेस्रो स्थान प्राप्त गर्न सफल भएकाहरुले नगद २/२ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, पोखरा महानगर २७ वडाध्यक्ष पूर्णकुमार गुरुङ, स्थानीय टोल विकास संस्थाका प्रतिनिधिले बिजेतालाई उपाधि प्रदान गरे ।
आयोजकले कार्यक्रमको निर्देशिका बमोजिम पुरुषतर्फ ३५ र महिलातर्फ ३० वर्ष उमेर माथिका व्यक्तिहरुलाई मात्र प्रतिस्पर्धामा सहभागि गराएको क्बलका अध्यक्ष महेश अधिकारीले जानकारी दिए ।
सम्बन्धित समाचारः
सम्बन्धित खबर
फिफाबाट एन्फा निलम्बनको अर्को असर : यू–२० एसियन कप छनोटबाट नेपाल बाहिरियो
अर्जेन्टिनालाई हराउँदै विश्वकप विजेता बन्यो स्पेन
विश्वकप उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्ने, मेसी र यमलबीच ऐतिहासिक भिडन्त
इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
अपराजित स्पेन र फ्रान्स आमने-सामने, कसको यात्रामा ब्रेक ?
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो