पोखरा- साइकल यात्री दिवश गुरुङले असोज नेपाल साइकल यात्रा सुरु गरेका छन् । गुरुङले साइकलयात्रामात्रै गर्ने छैनन्, विभिन्न सन्देश प्रवाह पनि गर्ने छन् । पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उनको योजना छ । साइकलले स्वास्थ्य, पर्यटन र वातावरणमा पार्ने प्रभावका बारेमा बताउने छन् ।
साइकल तथा सामाजिक अभियन्ता गुरुङले सोमबारदेखि साइकल यात्राको थालनी गर्दैछन् । प्रदेश नम्बर १ र २ का सबै जिल्ला र अरु प्रदेश हुँदै पूर्वपश्चिम साइकल यात्रा गर्ने दिवसले दसैंतिहार यात्रामै मनाउने छन् ।
ट्युसन पढाएर आएको आम्दानीको बचत गर्दै दिवसले यात्रा गर्न लागेका हुन् । उनले साइकल यात्राकै लागि भनेर झन्डै १ लाख रुपैयाँ ट्युसनको आम्दानीबाट जोगाएर राखेका थिए ।
साइकल यात्रामा रक्तदानबारे जनचेतना जगाउने छन् । अर्को महत्वपूर्ण सन्देश उनले अटिजम सम्बन्धी बुझाउने छन् । यात्रामा १० हजार जनालाई यसबारे बताउने उनको योजना छ । यात्रामा पर्ने विभिन्न विद्यालयमा बालबालिका सम्बन्धी देखिने अटिजम समस्याबारे पम्लेट बाँड्ने छन् । देशमा थुप्रै अटिजम भएका बालबालिका भए पनि पहिचान र यसबारे थाह हुन नसकेको दिवस बताउँछन् ।
स्नायु र नसाको विकासमा आउने ह्रासले उत्पन्न हुने अपांगतालाई अटिजम भनिन्छ । सुस्त मनस्थिति जस्तो देखिने तर ढिलो मानसिक विकास हुनु अटिजम हो । भनेको नमान्ने, आफ्नै सुरू गर्ने, एकोहोरो हुने, टोलाइरहने, कोपर्ने जस्ता लक्षणदेखिए पनि अटिजम हुन सक्छ । बालबालिका जन्मेको लगभग दुई अढाई वर्षसम्म प्रष्टरुपमा यसका लक्षणहरु चिन्न गाह्रो हुन्छ । यात्रामा अटिजम, यसका लक्षण र समाधानबारे विद्यालयहरुमा दिवसले प्रस्तुति नै राख्ने छन् ।
यसअघि नै उनी काठमाडौंदेखि सिन्धुलीगडीसम्म साइकलयात्रामा पुगिसकेका छन् । काठमाडौंदेखि लुम्बिनी दुई पटकसम्म यात्रा गरिसके । साइकलबाटै चितवन, गोरखा, स्याङ्जा र कास्कीका धेरैजसो ठाउँ पनि पुगिसकेका छन् ।
दिवसले प्रत्येक जन्मदिन पनि फरकफरक तरिकाले मनाउँदै आएका छन् । उनी कहिले बालगृह पुग्छन् त कहिले वृद्धाश्रम । यसपाली उनले रक्तदानको आह्वान गरेर २४ औं जन्मदिन मनाए । गोरखामा गएको भूकम्पदेखि चितवनका चेपाङ परिवारसम्म उनको सहयोगी हात पुगेका छन् ।
साइकल यात्री गुरुङले ७२ सालमा गएको महाभूकम्पा भारतले गरेको नाकाबन्दीका कारण साइकल चलाउन हौसिएको सुनाए ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो