पोखरा । जापान लैजाने भन्दै अन्तरवार्ता लिईरहेका दुई जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
दर्ता नै नभएको ‘एभेन्चर ह्युमन रिसोर्स’ नामक संस्थाबाट जापान पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेका स्याङजा आँधीखोलाका ५१ बर्षिय भगवान खड्का र कास्की रुपा गाउँपालिकाका निरज खनाल पक्राउ परेका हुन् ।
उनीहरुले ६३ जनालाई जापान पठाउने भनेर अन्तरबार्ता लिएका थिए । पहिले विद्यार्थी भिसाबाट फालिएकाहरु वर्किङ भिसामा जानका लागि सम्पर्कमा आएका थिए । अन्र्तबार्ता गर्नु पुर्व चाहिने पुर्व स्विकृति तथा बैदेशिक रोजगार विभागबाट लिनुपर्ने स्विकृति पत्र पनि नभएको बताइएको छ । जापानका लागि वर्किङ्ग भिसा भनिए पनि डिमाण्ड लेटर विना नै उनीहरुले अन्र्तवार्ताका लागि बोलाएका थिए ।
आकर्षक तलबको प्रलोभनमा परी उनीहरु सो संस्थामा पुगेका थिए । जाापान लैजाने भन्दै भाषा तथा पासपोर्ट बनाइ फाइनल अन्र्तबार्ताका लागि उनीहरुलाई बोलाइएको थियो ।
एकमहिना अघि संस्था दर्ता नभएको भन्दै जिल्ला प्रशासन र श्रम कार्यालय सहितको अनुगमन टोलिले मेनपावर कार्यालयमा तालाबन्दी गरेको थियो । तर केही दिनपछि ताला खोलेर पहिले झैं गरि काम गरिरहेका थिए । बैदेशिक रोजगार बिभागमा पोखराका लागि बैदेशिक रोजगारका २ वटा शाखा र २५ वटा प्रतिनिधी कार्यलय मात्रै दर्ता रहेको छ ।
मुख्य मान्छे बाहिर भएकोले झिकाउन निर्देशन दिएको कास्की प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेकोले बैदेशिक रोजगारी, किर्ते वा ठगी मुद्धामा कारबाही अघि बढ्ने बताईएको छ । ‘मुख्य मान्छे पोखरा छैन । उनीहरुको बयान अनुसार मुख्य ब्यक्तिलाई झिकाएका छौं, कास्की प्रहरी प्रबक्ता रवीन्द्रमान गुरुङले भने–अनुसन्धान पछि मात्रै कारबाहीको बारेमा बोल्न मिल्छ ।’
सबैजनाले जापानी भाषा सिकिसकेका छन् । उनीहरु ५ दिनदेखि पोखरा बसेको बताउँछन् । ‘५ दिनदेखि कहिले अन्तरवार्ता कहिले के भनेर झुलाईरहे । खाँदा बस्दा २०-२५ हजार खर्च भैसक्यो, उनीहरु भन्छन्–अहिले यता न उता भैयो ।’ पीडितहरुका अनुसार मेनपावरवालाले पैसा चाहीँ उठाएका छैनन् ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो