पोखरा । ‘टीकाको दिन सार्वजनिक बस चल्दैनन्, निजी सवारी छैनन्, टीका लगाउन कसरी जाने ?’ भनेर चिन्तित हुनुहुन्छ ? नहुनुस्, पोखरा बस व्यवसाय समितिले उक्त दिन डेढ सय बस पोखरा महानगरमा चल्ने जनाएको छ । विजयादशमी टीकाको दिन कात्तिक २ गते पोखरा महानगरपालिका र आसपासका गाविसमा सार्वजनिक यातायातलाई सहज बनाइने भएको छ ।
विजयादशमीको दिन नगरबासीले सहज रुपमा यात्रा गर्न पाउँन भनेर सार्वजनिक यातायातलाई सजह बनाउन लागिएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको पहलमा सोमबार भएको बैठकमा टीकाको दिन सार्वजनकि यातायातलाई सहज बनाउने प्रतिबद्धता यातायात व्यवसायीले गरेका छन् । उनीहरुले नगरबासीलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन आफूहरु कटिवद्ध रहेको बताए ।
पोखरा बस व्यवसायी समितिका सचिव अमृत शर्मा तिमिल्सिनाले समितिमा आवद्ध बस मध्ये आधाले उक्त दिन सेवा दिने बताए । उनका अनुसार १ सय ५० भन्दा बढी बसले उक्त दिन सेवा दिनेछन् ।
‘मेयर साब, ढुक्क हुनुस, नगरबासीलाई सहज हुने गरी सवारी सञ्चालन गर्नेछौं,’ सचिव तिमिल्सेनाले भने,‘सहज यात्राको वातावरण मिलाउन नगरवासी, सुरक्षा निकाय र महानगरको सहयोग हामीलाई आवश्यक छ ।’ उनले महानगरका ग्रामीण भेग र सिमा जोडिएका गाविसलाई प्राथमिकतामा राखेर सवारी सञ्चालन गरिने जानकारी दिए । उनले उक्त दिन सञ्चालन हुने बसको क्यु शुल्क मिनाहा गरिने पनि बताए ।
पृथ्वीराज मार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले दशैमा यात्रुहरुको सुविधाको लागि लामो दूरीमा क्यु फ्रि गरिएको बताए ।
ट्याक्सी व्यवसायी समितिका अध्यक्ष प्रकाश तिवारीले समितिसँग आवद्ध माइक्रो बसहरु पनि उक्त दिन सञ्चालन हुने बताए । चाडपर्वका बेलामा नगरबासीलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउने दायित्व महानगरको पनि भएकाले समन्वयकारी भूमिका निर्वाह गरेको प्रमुख जिसीले बताए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले यातायात व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउन प्रशासनले कुनै कसर बाँकी नराख्ने बताए । उनले चाड पर्वको बेलामा यातायात व्यवसायीले बढी भाडा लिएको गुनासो आउने गरेकोले तोकिएको भाडा मात्र लिनुपर्ने र बढी लिएको पाइएमा कारबाही हुने बताए ।
‘तपाईहरु (यातायात व्यवसायी)ले कुन कुन ठाउँमा सुरक्षा अवाश्यक हो ठाउँ किटान गरेर दिनुस,’ प्रजिअ बुढाले भने,‘सुरक्षाको प्रबन्ध मिलाउँछौं, डुक्क भएर सवारी साधन सञ्चालन गर्नुस ।’ टिकाको दिन बेलुका ६ बजेसम्म सार्वजनिक यातायातका साधनहरु सहज रुपमा उपलब्ध हुने व्यववसायीले बताए ।
‘हामीले तोकिएको भन्दा बढी भाडा नलिन मजदुरहरुलाई भनेका छौं,’ पोखरा बस व्यवसायी समितिका सचिव तिमिल्सेनाले भने,‘ हामीले हाम्रो तर्फबाट पनि अनुगमन गर्ने गरेका छौं, प्रशासनले पनि त्यसमा निगरानी बढाओस, जनतालाई तोकिएको भाडा दरमा यात्रा गराउनु हाम्रो दायित्व हो ।’ महानगरका प्रमुख जिसीको अध्यक्षतामा भएको बैठकमा सुरक्षा निकाय, यातायात व्यवसायी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए