रञ्जन अधिकारी । पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ ।
पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो ।
मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ३५ वर्षका पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए ।
अस्वस्थ र अशक्त ५५/६० वर्षिया महिलामाथि कुकृत्य गर्ने उक्त पुरुष बाग्लुङ मुलपानी घर बताउने अमृत पन्त खुल्न आएको छ । पन्तले आफू लुम्बिनी बैंकको कर्मचारी रहेको र आज दशैंको पार्टीमा रमाइलो गरेर फर्किरहेको बयान दिएको स्रोतले बताएको छ ।
महिला अचेत अवस्थामा भेटिएकी छिन् । पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवार अवस्था थाहा हुन सकेको छैन ।
दुई जना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्ताे अस्वभाविक आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।
बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले बताएको छ । पन्तले आफूले नराम्राे केहि गरिनसकेकाे जिकिर गर्दै थिए । महिलालाई गण्डकी अस्पताल पोखरामा लगिएको थियो । डाक्टरले महिलाको बलात्कार भएको पुष्टी गरेको छ ।
अद्यावधिक गरिएको
सम्बन्धित खबर
फेवातालमा बेपत्ता युवकको शव फेला
पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
नेवि संघका नेता राजीव बास्तोलाको दुर्घटनामा निधन
पोखरामा टिपरको ठक्करले बन्दीपुरका खत्रीको मृत्यु
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
यो पनि पढौँ
रवि लामिछानेसँग सभापति भिड्न आँटेका साहलाई प्रतिनिधिबाट हटाइयो
हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध उजुरी
फेवातालमा बेपत्ता युवकको शव फेला
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्