श्यामशितल परियार, लमजुङ । अहिले गाउँठाउँमा दसैँको रौनक छ । तर लमजुङका अलैँची उत्पादक किसानहरुलाई भने अलैँची टिप्ने, सुकाउने चटारो छ । लमजुङमा सबैभन्दा बढि अलैँची उत्पादन हुने ठाउँ हो, छिनखोला ।
यत्तिबेला यहाँका अलैँची उत्पादक किसानहरु दसैँको रमझमलाई चटक्कै भुलेर अलैँची टिप्न र सुकाउन जुटेका छन् । मस्र्याङ्दी गाउँपालिका–७, मा पर्ने छिनखोलामा दसैँको कुनै चहलपहल छैन । अलैँची लगाएको खेतबारी र जंगलमा अलैँची टिप्ने र अलैँची भट्टीमा अलैँची सुकाउनेको भीड देख्न सकिन्छ ।
अलैँची सुकाउनका लागि गाउँमा सुधारिएका अलैँची भट्टी समेत निर्माण गरिएको छ । दसैँको रमझममा भुल्नुभन्दा पनि समयमै अलैँची टिप्न र सुकाउन नसकिए ठूलो नोक्सान ब्यहोर्नुपर्ला भन्ने चिन्ता छ, यहाँका अलैँची उत्पादक किसानहरुलाई ।
‘रोगकिरा र वन्यजन्तलुे अलैँची सखाप पार्न सक्छन्’
‘दसैँभन्दा महत्वपूर्ण हाम्रा लागि अलैँची बनेको छ, एकदिनमात्रै अलैँची टिप्न ढिलाई भए किसानलाई ठूलो नोक्सान हुनसक्छ । विभिन्न रोगकिरा र वन्यजन्तलुे अलैँची सखाप पार्न सक्छन् । त्यसैले सबै गाउँलेहरु दसैँ भुलेर अलैँची टिप्न र सुकाउनमै व्यस्त छन्,’ अलैँची उत्पादक किसान अजय तामाङले बताए ।

उनका अनुसार १६ सय २२ सय मिटर उचाईसम्म लगाईएका अलैँची टिप्न किसान जुटेका हुन् । जिल्लाका कतिपय ठाउँका किसानहरुले दसैँ अघि नै अलैँची टिपिसकेका छन् । सुकाईसकेका छन् । ‘१६ सय देखी २२ सय मिटर उचाईसम्म रहेका जमिनमा लगाईएको अलैँची पोकेको छ ।
पाकेको अलैँची टिप्न हामी व्यस्त छौँ,’ खर्कखोलामा रहेको आफ्नो अलैँची बगानमा अलैँची टिप्नमा व्यस्त रहेका अजयले भने ।
२० हेक्टर क्षेत्रफल जमिनमा अलैँची
उनका अनुसार छिनखोलामा मात्रै २० हेक्टर क्षेत्रफल जमिनमा अलैँची लगाईएको छ । यहाँ गोलशाही र रामशाही जातका अलैँची लगाईएको छ । स्थानीयका अनुसार गाउँमा अलैँची खेतीको विस्तार र विकाससंगै दसैँ मनाउने चलन हराउँदै गएको छ ।
यो समयमा छिट्टै अलैँची टिपी सुकाउन सके गुणस्तर कायम हुन सक्ने किसानहरु बताउँछन् । ‘टिपेको एक दुई दिनमै अलैँची सुकाउन सके गुणस्तर कायम हुन्छ । मूल्य राम्रो पाईन्छ । त्यसैले पनि किसानहरु अलैँची टिप्न र सुकाउनमै व्यस्त छन्,’ नेपाल अलैँची व्यावसायी महासंघ लमजुङ शाखाका अध्यक्ष समेत रहनुभएका अजयले बताए ।

उनका अनुसार कार्तिक मसान्तभित्रै अलैँची बिक्रीका लागि तयार हुन्छ । अलैँची टिप्ने र सुकाउने काममै सबै व्यस्त रहेको छिनखोलाकै अर्का व्यावसायिक अलैँची उत्पादक कृषक शुलबहादुर तामाङले बताए ।
‘दिनमा सबै अलैँची थन्क्याउनमै व्यस्त हुन्छन् । दसैँको बेला हो रातमा भने केही रमाईलो गरिन्छ । अरु बेला अलैँची टिप्न सुकाउनमै व्यस्त हुन्छौँ’ उनले बताए ।
कुल ५२ घरधुरी रहेको छिनखोलाका सबै घरधुरीले अलैँची रोपेका छन् । अलैँची खेतीमा युवाहरुको समेत आकर्षण बढ्दै गएको छ । दसैँमा पनि अलैँची टिप्न र सुकाउनमा व्यस्त हुन पाउँदा स्थानीय खुशी छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ