आईसिसी विश्वकप क्रिकेटको ट्रफी शुक्रबार नेपाल आईपुग्ने भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसिसी) की नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार विश्वकप ट्रफी बंगलादेशबाट शुक्रबार नेपाल आइपुग्ने छ ।
विश्वकप ट्रफी नेपालमा चार दिन राखिनेछ । ट्रफी टुरको व्यवस्थापन गरिरहेकी आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार पहिलो दिन शुक्रबार ट्रफीलाई स्वयम्भु भ्रमण गराईने छ । त्यसको भोली पल्ट शनिबार ट्रफीलाई पोखरा क्रिकेट रंगशालामा लगिनेछ ।
पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलका लागि सबै खेलाडी र क्रिकेट सम्बद्ध व्यक्ती पोखरामा रहेकाले त्यहाँ लैजान लागिएको हाे।
त्यस्तै, २८ गते आईतबार ट्रफीलाई काठमाडौंको चन्द्रागिरीलाई लगेर प्रर्दशनीमा राखिनेछ । सोही दिन प्रधानमन्त्री र सर्वसाधारणलाई समेत ट्रफी देखाईने कार्यतालिका रहेको छ । अन्तिम दिन २९ गते सोमबार प्रसंशकसंग ट्रफीको फोटो खिचाएर नेपाल भ्रमणको समापन गरिनेछ ।
आईसिसीले विश्व भ्रमणको दौरान विश्वकप ट्रफी नेपालमा समेत प्रर्दशन गर्न लागेको हो । नेपालले एक दिवसीय मान्यता पाएको अवसरमा ट्रफीलाई नेपाल ल्याउन अार्इसीसीकी नेपाल प्रतिनिधि घिमिरेले पहल गरिरहेकी थिईन् ।
विश्वकपको ट्रफी निशान कम्पनिको सहायताले विश्वभर प्रदर्शन गरिदैछ । क्रिकेटको विश्वकप ट्रफी नेपालमा पहिलोपटक आउने लागेको हो । फुटबलको ट्रफी भने नेपालमा ल्याईसकिएको छ ।
एक सय दिने विश्व भ्रमणमा रहेको विश्वकप ट्रफी दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्ट इण्डिज, श्रीलंका, पाकिस्तान र बंगलादेश हुँदै नेपाल ल्याउन लागिएको हो ।
यस ट्रफी नेपालबाट भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड र जर्मनी हुँदै इंग्ल्यान्ड लगिने छ । विश्वकप ट्रफी नेपालसहित २१ देशका ६० शहरमा प्रदर्शन गरिनेछ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु