पोखरा । मुस्ताङमा पछिल्लो समय निकै धेरै पर्यटक पुग्छन् । प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ ।
मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे । दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेका हुन् ।
बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ ।
मुस्ताङस्थित ट्राफिक कार्यालयका सई डोलेन्द्र हमालका अनुसार दसैंपछिका दिनमा सबैभन्दा बढी मंगलबार ३ हजार ९ सय २ जना आन्तरिक पाहुना जोसमोम प्रवेश गरेका थिए । गत शनिबार १ हजार ५ सय ४२ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए । आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ ।
हमालका अनुसार मंगलबार ३६ वटा बस, ३ सय ७० वटा जिप, ७ सय १५ मोटरसाइकल र २ वटा पर्यटक जिप (हरियो प्लेट) का गाडीमा ती पाहुना मुस्ताङ पुगेका थिए। त्यस्तै शनिबार १४ बस, १ सय २६ जिप, १ सय २५ मोटरसाइकल र ४२ वटा पर्यटक जिप मुस्ताङ भित्रिए ।
आइतबार २८ बस, २ सय १६ जिप, ३ सय ५० मोटरसाइकल र ५ वटा पर्यटक जिप तथा सोमबार १४ बस, एस सय ७ जिप, २ सय ७५ मोटरसाइकल र ८ वटा पर्यटक जिपमा पर्यटक त्यहाँ पुगेका थिए ।–नागरिक
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु