श्यामशितल परियार,लमजुङ । सुन्दरबजार नगरपालिका ९ मा सिर्जनाचोकमा रहेको सिर्जनात्मक सहकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रामजी कडेँल चयन भएका छन् ।
साकोसको १९ औँ साधारण सभा तथा सातौँ निर्वाचन कार्यक्रमको अवसरमा कडेँलको नेतृत्वमा चयन भएको नयाँ कार्य समितिको सह–अध्यक्षमा केशवराज अधिकारी, वरिष्ठ उपाध्यक्षमा मुरारी भुजेल, उपाध्यक्षमा गोकुलप्रसाद रेग्मी, चन्द्रमा घिमिरे, सचिवमा मेनबहादुर घले, सह–सचिवमा सिर्जना अधिकारी, उप–सचिवमा सुरेश रेग्मी, कोषाध्यक्षमा अमृत सापकोटा चयन भएका छन् ।
यसैगरी, साकोसको सदस्य बद्रिनाथ खनाल, दीपक श्रेष्ठ, रुद्रहरि ढकाल, सरस्वती सापकोटा, सुनिता खनाल र रामचन्द्र रेग्मी चयन भएका छन् । लेखा संयोजकमा ऋषिराम अधिकारी, सदस्यमा श्रीकृष्ण अधिकारी र युवराज खनाल चयन भएका छन् ।
र्सिजनात्मक साकोसलाई अगाडि बढाउन आफु र आफ्नो टिम सबैसंग सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता समेत कडेँलले व्यक्त गरेका छन् ।
१ अर्ब बढिको कारोवार
सिर्जनात्मक सहकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ अर्ब बढिको आर्थिक कारोवार गर्न सफल भएको छ । ११ जना सदस्यबाट १÷१ सय दरले वचत संकलन गर्दै अघि बढेको संस्थाको हालको कारोवार १ अर्ब ८२ लाख ८७ हजार ६ सय ४ रुपैयाँ रहेको छ । साकोसले आफ्नो १९ औँ वार्षिक साधारणसभाको अवसरमा आर्थिक कारोबार जानकारी गराएको हो ।
कार्यक्रममा सुन्दरबजार नगरपालिकाका प्रमुख जनकराज मिश्रले अर्थतन्त्रको एक महत्वपूर्ण स्तम्भको रुपमा सहकारी रहेको बताएका छन् । संघीय, प्रदेशका साथै स्थानीय सरकारको अर्थतन्त्रभित्र सहकारी क्षेत्रको भूमिकालाई महत्वका साथ दिनुपर्ने समेत उनले बताए । सहकारीकै माध्यमबाट आर्थिक, सामाजिक, साँस्कृतिक रुपान्तरण गर्न सकिने उनले धारण व्यक्त गरेका छन् ।
साकोसमा २ हजार ४४ पुरुष, १ हजार ६ सय ४७ महिला सदस्य गरी साकोसमा कुल ३ हजार ६ सय ९२ शेयर सदस्य रहेका छन् । सिर्जनात्मक साकोसका संस्थापक, सल्लाहकार हरिप्रसाद अधिकारीले सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखेका छन् ।
आफ्नो वचत तथा ऋणलाई जीवनस्तर उकासिने खालका उत्पादन मुलक क्षेत्रमा खर्चिनुपर्ने समेत उनले सुझाव दिएका छन् । साकोसकै संस्थापक लिलाधर सापकोटाले वरिपरिका सबै संघसंस्थालाई यसैमा आवद्ध गराई सिर्जनात्मक साकोसालाई उत्कृष्ट सहकारीको रुपमा अघि बढाउनुपर्ने धारणा राखेका छन् ।
यसैगरी, साकोसका संस्थापक रमाकान्त अधिकारीले सहकारी स्थापनाको विगतको अनुभव सुनाएका थिए । सहकारीलाई सबैको बनाउन सबै लाग्नुपर्ने उनको भनाई छ ।
सुन्दरबजार नगरपालिकाका उपमेयर ज्ञानु शाह, जिल्ला वचत संघ लमजुङका अध्यक्ष दुर्गाभक्त धमालाले नागरिकको जीवनस्तर माथि उकासिने खालका उत्पादमुलक क्षेत्रमा काम गर्न अनुरोध गरेका छन् ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’