सुन्दरकुमार थकाली, मुस्ताङ । अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमले नेपाली पर्यटकलाई समेत अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रबेश गरेवापत शुल्क लिने जनाएको छ ।
सरकारले संरक्षणक्षेत्र व्यवस्थापन नियामावली २०५३ को नियम ४१ ले दिएकोे अधिकार प्रयोगगरी उक्त निर्णय गरेको एक्याप मुस्ताङका कार्यालय प्रमुख प्रमुख तुलसी दाहाले जानकारी दिए । दाहालका अनुसार यसअघि नेपाली पर्यटकले संरक्षणक्षेत्र प्रबेश गरेवापत कुनै प्रबेश शुल्क नलाग्नेमा सरकारको निर्णयपछि १ सय रुपैया शुल्क कायम गरेको हो ।अब अन्नपूर्ण संरक्षणक्षेत्र लगायत ६ वटै संरक्षित क्षेत्रहरुमा प्रबेश गर्ने नेपालीलाई शुल्क लाग्ने नया नियम लागु भएको हो ।
त्यस्तै,सार्क मुलुकका बिदेशी पर्यटकलाई जम्मा २ सयबाट बढाएर १ हजार पू¥याईएको छ भने, तेश्रो मुलुकका बिदेशी पर्यटकले २ हजारबाट ३ हजार प्रबेश शुल्क बुझाउनु पर्ने दाहालले बताए ।मुस्ताङ जिल्लाको सिमावर्तीक्षेत्र घाँसा देखि उपल्लो मुस्ताङ सम्म अन्नपूर्ण सरक्षण आयोजना भित्र पर्दछ ।
मुस्ताङ धार्मिक तथा पर्यटकीय जिल्ला भएकाले यहाँ तिर्थ गर्न आउने पर्यटकले समेत सरकारको यसप्रकारको निर्णयले मुस्ताङ प्रबेश गरेवापत शुल्क बुझाउन बाध्य भएका हुन् ।तर स्वदेशी पर्यटकलाई पनि शुल्क लिने सरकारको यो निर्णय व्यवहारिक बन्न कठिन छ ।
बिदशी पर्यटकका गाईडहरुले पनि संरक्षणक्षेत्रमा प्रबेश शुुल्क तिर्नु पर्नेछ ।तर गाईडहरुले अन्नपूण संरक्षणक्षेत्र कार्यालय पोखरामा वार्षिक १ हजार शुल्क बुझाएमा वर्षभरी शुल्क तिर्नु पर्दैन ।तर कार्यालयलाई शुल्क नबुझाई मुस्ताङ प्रबेश गरेमा दोब्बर शुल्क लाग्ने कार्यालय प्रमूख दाहालले जनाए ।
सम्बन्धित खबर
पहिलो पाइला स्याङ्जाको न्यानो माया अभियान, पोशाक तथा शैक्षिक सामाग्री वितरण
गोरखाका सामुदायिक विद्यालयमा च्याउखेती
म्याग्दीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नवग्रह मन्दिर व्यवस्थापन समिति गठन, अध्यक्षमा पोख्रेल
म्याग्दीमा ३३ करोड ४६ लाखको सुन्तला बिक्री
गोरखामा रुखबाट लडेर १ जनाको मृत्यु
यो पनि पढौँ
पोखराको अमरसिंह चोकका व्यापारिक सटर हटाइने, विद्यालयले दियो ३५ दिनको समय
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पुम्दीकोट जाने बाटो अब एकतर्फी
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु