१६ कार्तिक,काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमको फोरजीसम्बन्धी सम्पूर्ण निर्णय गर्ने अधिकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सुम्पेको छ ।
एक साताअघि अख्तियारले सञ्चार मन्त्रालयलाई पठाएको पत्रमा नेपाल टेलिकमले प्रदान गर्ने फोरजी सेवालाई दिगो, गणस्तरीय, मितव्ययी र प्रभावकारी बनाउन जो जे निर्णय गर्नुपर्छ सो गर्न निर्देशन दिइएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले संसदको रोष्टमबाटै फोरजी विस्तार ढिला हुनुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि कारक रहेको आरोप लगाएका थिए ।
यस वर्ष टेलिकमले ४ अर्ब रुपैयाँ राजश्व गुमाउनुको कारक पनि यिनै घटनाक्रम रहेको मन्त्री बास्कोटाले बताइरहेका बेला अख्तियारले मन्त्रीलाई अवसर र चुनौतिको जिम्मा लगाएको छ ।
टेलिकमले विगतमा फोरजी लगायत सेवा विस्तार तथा अन्य प्राविधिक काममा दिने गरेका ठेक्कामा अनियमितता हुने गरेको देखिएपछि अख्तियारले मन्त्रालयलाई बढी अधिकार दिएको पछिल्लो निर्देशनले संकेत गरेको छ । यसबाट फोरजी सेवा विस्तारमा मन्त्रालयको भूमिका बढेको स्रोतले जनाएको छ ।
गत वर्ष नेपाल टेकिलमले आह्वान गरेको फोरजी सेवा विस्तारसम्बन्धी ग्लोबल टेण्डरमा अनियमितता भएको उजुरी अख्तियारमा परेको थियो । गत पुस ११ गते परेको उजुरी छानविन गर्न अख्तियारलाई ९ महिना लागेको छ ।
सो टेण्डर आह्वान गर्दा टेलिकम नेतृत्व र चिनियाँ कम्पनी हुवावेका प्रतिनिधिले अरुले प्रतिस्पर्धामा भाग लिनै नपाउने गरी ‘स्पेसिफिक’ तयार पारेको आरोप लागेको छ । अब प्रतिस्पर्धा फराकिलो बनाउन र सेवा गुणस्तरीय तथा मितव्ययी बनाउने सम्पूर्ण अधिकारसहित अख्तियारले मन्त्रालयलाई जिम्मेवारी दिएको हो ।
अख्तियारको पत्र प्राप्त भएलगत्तै सञ्चारमन्त्री बास्कोटा लगातार विदेश भ्रमणमा छन् । मन्त्री फर्किएपछि सम्भवतः तिहारलगत्तै फोरजी सेवा विस्तारका लागि नयाँ टेण्डर आह्वानका लागि टेलिकमलाई निर्देशन दिइने सम्भावना रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा अनियमितता र ढीलासुस्ती गरेको आरोपमा सरकारले प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको थियो ।
सम्बन्धित खबर
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
स्याङ्जामा जिप दुर्घटना, ११ जना घाइते