पोखरा । पोखरा प्रिमियर लिग (पीपीए) क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज घरेलु टोली पोखरा पल्टन र चितवन राइनोजबीच प्रतिस्पर्धा हुदैछ । पोखरा रंगशालामा हुने फाइनलमा पोखरा पल्टन र चितवन राइनोज मध्ये कुनै टिमले पहिलो पटक आयोजना भएको पीपीएलको उपाधि जित्ला ?
कप्तान पारस खड्काको कप्तानीमा रहेको चितवन र शरद भेषवाकरको कप्तानीमा रहेको पोखरा आमनेसामने हुदैछन् । दुबै टिम उतिकै बलियो रहेका छन् । दुई टिमको लक्ष्य एकले अर्कालाई पराजित गर्दै सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिगको उपाधि उचाल्नु रहेको छ ।

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” क्वीन्स इभेन्ट म्यानेजमेन्टको आयोजनामा पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग’ को समापन समारोहमा प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।
यसअघि हिजो सोमबार भएको प्रिम्याच कन्फ्रेन्समा पनि दुबै टिमका कप्तानले उपाधि जित्ने दाबी गरेका छन् । लिग चरणको खेलमा भने पोखरा पल्टनले ५ विकेटले चितवनलाई पराजित गरेको थियो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको पोखराले १७.२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
आजको फाइनल खेलमा भने कप्तान पारसको टिम चितवन बदला लिने दाउँमा छ तर पोखरा भने आफ्नो जितलाई निरन्तरता दिदै उपाधि उचाल्ने रणनीतिमा छ । यसअघि चितवन राइनोज इलिमिनेटर खेलमा काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यता, पोखरा भने लिग चरणको खेलमा शीर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो । पोखराले लिग चरणको ५ खेलमा ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेको थियो । तर नेट रनरेटको आधारमा पोखरा शीर्ष स्थानमा रहेको थियो ।
त्यस्तै, चितवन र काठमाडौंले पनि ५ खेलमा समान ३ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । चितवन दोस्रो र काठमाडौं तेस्रो हुदै इलिमिनेटरमा स्थान बनाएको थियो । पीपीएलको विजेताले २७ लाख नगद पुरस्कार प्राप्त गर्ने छ ।
त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको म्यान अफ द सिरिज उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले सुजुकी जिक्सर १ सय ५५ सीसीको मोटरसाइकल प्राप्त गर्ने छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?