पाेखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो कामले स्वार्थ समूहलाई धक्का पुगेकै कारण बदनाम गराउने अनेक माध्यम प्रयोग गरेको बताएका छन् । वाईडबडी खरिद प्रक्रियामा आफ्नो गल्ती भए राजनीतिबाटै सन्यास लिने उद्घोष गरेका छन् । अनलाईनखवरसँगको कुराकानीमा उनले वाईडबडी खरिदमा आफुले कुनै कमजोरी नगरेको दावी गरे ।
पूर्ण अन्तर्वाता पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्: वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छुः पर्यटन मन्त्री
मन्त्री अधिकारीले मन्त्रालयबाट राम्रो काम गर्न खोज्दा आफूमाथि प्रहार भइरहेको गुनासो गरे । चिनियाँ वाइडबडी विमान खरिद प्रकरणमा अघिल्लो सरकारका पालामा अनियमितता भएको हुन सक्ने भन्दै मन्त्री अधिकारीले छानविन हुनुपर्ने बताए ।
‘यसमा मेरो यदि अलिकति पनि संलग्नता कसैले छानविनका क्रममा भेटेछ भने दाबाका साथ भन्छु जिन्दगीभरि राजनीतिक सन्यास लिन्छु, उनले भने–वाइडबडी खरिद प्रक्रियामा जिरो प्रतिशत पनि संलग्न छैन । थोरैमात्र पनि कुनै डर छैन । किनकि जब बिराइँदैन भने डर हुन्न क्या ।’
३ वर्षअघिकै प्रक्रिया आफुँले अघि बढाएको भन्दै उनले अहिलेको सरकारलाई आरोप लगाउने वाहियात कुरा भएको तर्क गरे । यसमा तपाईहरु प्रष्ट हुनुस् । यो ३ वर्षअघिको प्रक्रिया हो । वाइडबडीको सन्दर्भमा धेरै पछाडि अर्थात हामी सरकारमा आएको एक महिनापछि आएको जहाज हो यो । एक महिनामा जहाज आउँछ ? एक महिनामा कलम किन्ने प्रक्रिया पुग्दैन नेपालको सरकारी कार्यालयमा । गाडी किन्न एक वर्ष लाग्छ । यसमा हामीलाई चार्ज लगाउनु त बेकारको, वाहियात कुरा हो ।’
‘म भन्न चाहान्छु यसमा अनियमितता देखिँदा खोज्ने, छानविन गर्ने जति पनि संस्था छन्, उनीहरुलाई छानविनमा सघाउँछौं । जे सूचना चाहिन्छ, दिन्छौं, उनले भने–तर, यसको नाममा नेपाल एयरलाइन्सलाई समाप्त पार्ने काम चाहिँ नगरौं । नेपाल एयरलाइन्स प्रभावकारी रुपमा चलाउनुपर्यो । अनियमतिता गर्ने व्यक्तिलाई कारवाही गर्नुपर्यो ।’
वाइडबडीमा अनियमितता भएको आशंकामा अख्तियार र संसदीय समितिले पनि छानविन थालेको छ । बाहिर आएका होहल्लाका पछि नलाग्न र सरकारले गरेका राम्रा कामको बचाउ गर्न उनले नेता तथा कार्यकर्तासँग आग्रह गरेका छन् ।
‘अन्तर्वार्तामा उनले भनेका छन्ः ‘मन्त्रालयअन्तर्गत केही कामहरु यस्ता छन् र कतिपय यस्ता स्वार्थ समूहहरु छन्, जसलाई नचिरीकन सुशासन कायम हुन सक्दैन । जसलाई क्रस नगरी परिणाम निकाल्नै सकिन्न । जसलाई पन्छाएर अगाडि नबढी यो मन्त्रालयले अग्रगति हासिल गर्न सक्दैन । समग्रमा आर्थिक विकास र प्रगतिको जुन मुख्य अभियान सम्माननीय प्रधानमन्त्रीज्यूको हो, त्यसमा पर्यटन क्षेत्रबाट हुनुपर्ने योगदान हुन सक्दैन । त्यसैले गर्दा काम गर्न खोज्यो कि विवाद त ल्याउँछन् नै । कि त केही पनि नगरी बस्नुपर्यो । वरपर सर्प बिच्छी बाघ भालु छन् भने कि त पूजा गरेर बस्नुपर्यो । होइन भने आफ्नो उद्देश्य हासिल गर्नको निमित्त त्यसलाई तोडेर जानुको विकल्प छैन ।
त्यो स्वार्थ समूहले आफ्नो अनुकुल काम भएन भने सबै अवयवहरुलाई प्रयोग गर्छ । त्यस क्रममा मिडिया पनि प्रयोग हुन्छ । त्यसको नेक्सस कति ठाउँमा छ त आफैं खोज्न सक्नुहुन्छ । उसले आफ्नो स्वार्थमा धक्का लाग्ने गरी सरकारले काम गर्यो भने सबै शक्ति लगाएर बदनाम गराउन खोज्छ । मैले यो कुरा राम्ररी बुझेको छु । त्यसैले बदनाम गराउन खोज्ने त्यो स्वार्थ समूहसँग सम्झौता गर्नेभन्दा कामबाट परिणाम निकाल्ने बाटो रोजेको हुँ । यस्तो गर्दा स्वार्थ समूहले आफू अनुकुल नभएपछि बदनाम गराउने अनेक माध्यम प्रयोग गर्छन् । विभिन्न तरिकाबाट खेद्ने काम हुन्छ । कतिपयलाई हो कि जस्तो पनि बनाइन्छ । तर, यस्ता कुराबाट डराउनु हुँदैन ।’
फेक रेस्क्युका बारेमा पनि उनले स्पष्ट पारेका छन् । ‘उदाहरणका लागि फेक रेस्क्यु । पर्यटकलाई अप्ठेरोमा लगेर खानामा गलत कुरा मिसाएर विरामी पार्ने अनि हेलिकोप्टर मगाएर रेस्क्युका नाममा करोडौं कमाउने गिरोहसँगको लडाइ त चानचुने थिएन । यस्तो माफिया गिरोहसँग सम्झौता नगरेपछि उल्टै बदनाम गराउन उनीहरुले सबै बल प्रयोग गर्दा रहेछन् ।
गलत धन्दाबाट धेरैले आफूलाई बलियो बनाएका रहेछन् । उनीहरु त यस्तो कम्मर कसेर लागे कि जसरी पनि कि हामी छैनौं कि मन्त्री छैन भन्नेसम्म भयो । यस्तो काम गरेपछि आरोप त आउने रहेछ । यस्ता गिरोहको प्रभाव सबैखाले मिडियामा पनि हुँदो रहेछ । म तपाईलाई एउटा उदाहरण दिन्छु– नेपाल एयरलाइन्सको वाइडबडी । वाइबडी खरिदको प्रक्रिया तीन वर्षअघिको हो । सबै स्पेसिफिकेशनसहित कस्तो ल्याउने, कसरी किन्ने, भुक्तानी कसरी गर्ने ती सबै म आउनुभन्दा अगाडिका प्रक्रिया थिए ।
ती अगाडिका प्रक्रियामा मन्त्रीको केही भूमिका हुन्न । म आउँदाखेरि जहाज आउने कुराको सुनिश्चिता खोजेँ । हाम्रो पैसा गइसक्यो । पैसा जाने जहाज नआउने ? त्यो अवस्थाचाहिँ हुनुहुँदैन । जहाज ल्याउनुपर्यो , ती प्रक्रियामा कमजोरी भएका छन् भने खोज्नुपर्यो । छानविन गरेर दोषी पाइयो भने कारवाही गर्ने, तर जहाजलाई चाहिँ नरोक्ने भनेको हो ।’
सम्बन्धित खबर
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने
गुरूङ चलचित्रकी नायिका माया गुरूङद्वारा सहाराका बालकहरुलाई जर्सी सहयोग
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति