पोखरा । उत्तमचोककोे होण्डा स्वरुमबाट चोरी भएको स्कुटर प्रहरीले फेला पारेको छ । वडा प्रहरी रामबजारको टोलीले बिहीबार दिउँसो पोखराको अमरसिंहचोकबाट स्कुटर सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अमरसिंह उच्च माबिको गेट नजिकैबाट दार्चुला घर भइ हाल अमरसिंह चोक बस्ने मदन रावललाई स्कुटर सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
पोखरा गणेशटोल बस्ने वविसरा राना मगरले बुधवार स्वरुममा सर्भिसिङको लागी छोडेको ग १५ प ७२४ नम्बरको कालो रंगको स्कुटर दिउसो हराएको थियो । स्कुटर हराएको थाहा पाएसंगै वडा प्रहरी कार्यालय रामबजारले होण्डा स्वरुममा सिसी क्यामेरा जडान नभएपछि स्वरुम वरपरको सिसी क्यामेराको फुटेजलाई आधार मानी खोजीकार्य तीब्र पारेको र बिहीबार दिउसो स्कुटर फेला पार्न सफल भएको प्रहरी निरीक्षक केसीले वताए ।
होण्डा स्वरुमले स्वरुममा सिसी क्यामेरा जडान नगरेकै कारण स्वरुमबाट स्कुटर चोरी भएको र स्वरुमको चरम लापरबाहीकै कारण स्कुटर हराएको भन्दै वडा प्रहरी कार्यालयले स्वरुमका सञ्चालकलाई तत्काल सिसी क्यामेरा जोड्न समेत आग्रह गरेका छन ।
कुनैपनि ब्यवशाय गर्ने ब्याक्तिले आफ्नो पसलको सुरक्षाको लागी सिसी क्यामेरा जडान गरेको खण्डमा कही कतै केही घटना भएमा प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुने केसीले वताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा