राईनो गोल्डकप: प्रतियोगिताको पहिलो सहभागितामै च्यासल युथ क्लबलाई उपाधी

राईनो गोल्डकप: प्रतियोगिताको पहिलो सहभागितामै च्यासल युथ क्लबलाई उपाधी

RF1

कमल राना मगर, कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवामा सम्पन्न राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि च्यासल युथ क्लबले कब्जा गरेको छ । बिहिबार भएको फाइनल प्रतिस्पर्धामा पुलिसलाई ट्राईब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै च्यासलले उपाधी कब्जा गरेको हो ।

खेलको १० औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै पुलिसले अग्रता लिएपनी त्यसलाई जोगाउन नसक्दा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो । पहिलो हाफकै १६ औं मिनेटमा च्यासलले बराबरी गोल फर्कायो । फेरि २१ औं मिनेटमा पुलिसले अर्को गोल गर्दै पहिलो हाफमै २-१ को अग्रता लिएको थियो । तर दोस्रो हाफमा च्यासलले बराबरी गोल फर्कायो ।

निर्धारित ९० मिनेटसम्म दुबै टिमबाट २-२ गोलको बराबरी भयो र थप गरिएको १४ मिनेटमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछी खेल ट्राईब्रेकरमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा च्यासलका पाचै खेलाडिले गोल गरे भने पुलिसका दिनेश राजबम्शिको प्रहार गोल्पोस्टको बारमा लागेर फर्किएको थियो ।

जितसङ्गै च्यासलले ४ लाख ९९ हजार ५५५ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो भएको पुलिसले २ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझाएको छ । प्रतियोगिताको म्यान अफ दि सिरिज भएका च्यासलका गोल रक्षक दिनेश थापा मगरले १० हजार नगद पुरस्कार प्राप्त गरे ।

च्यासल १५ बर्ष अघिदेखी सुरु भएको राईनो गोल्डकप फुटबल प्रतियोगितामा पहिलो पटक सहभागी भएको टिम हो । कात्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा बिभागिय २ टिम सहित ए डिभिजन क्लब गरि १२ टिमको सहभागिता रहेको थियो । हरेक वर्ष एक सिङ्गे गैडा संरक्षणका लागी चितवन राष्ट्रिय निकुञ्ज नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिद्वारा प्रतियोगिता आयोजना हुदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds