काठमाडौ । सन्दिप दिल्ली डेयरडेभिल्सले आगामी सिजनको लागि नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेलाई आफूसंगै राखेको छ । दिल्लीले आज सार्वजनिक गरेको रिटेन गरिएका खेलाडीहरुको सुचिमा सन्दिप पनि परेका हुन् । योसंगै सन्दिप यसपटकको अक्सनमा हुने छैनन ।
उनलाई दिल्ली पछिल्लो संस्करणका लागि २० लाख भारतीय रुपैयामा खरिद गरेको थियो । यद्दपि उनले यो सिजन कति रकम पाउने भन्ने बिषयमा भने खुलाईएको छैन । सन्दिप र दिल्लीको टिम ब्यवस्थापनबीचको आपसी सहमतिमै उनको अनुबन्धन रकम हेरफेर हुनेछ ।
गत बर्ष नै इण्डियन प्रिमियर लिगमा डेब्यु गरेका सन्दिपले दिल्लीका लागि अन्तिम तीन खेल खेल्दै लोभ लाग्दो प्रदर्शन गरेका थिए । यस क्रममा उनले ५ विकेट पनि लिएका थिए ।
दिल्लीले आफ्नो कप्तान गौतम गम्भिरलाई भने फुकुवा गरेको छ । उनको स्थानमा श्रेयस ऐयरले टिमको कप्तानी सम्हालेका थिए ।
रिटेन गरिएका अन्य खेलाडीहरुको सुचिमा ऐयरसंगै, पृथ्वी स, रिसब पन्त, मन्जोत काल्रा, कोलिन मुन्रो, क्रिस मोरिस, जयन्त यादव, राहुल टेवाटीया, हर्षल पटेल, अमित मिश्रा, कागिसो रबाडा, टे«न्ट बाउल्ट र आभेष खान रहेका छन् । आगामी सिजनका लागि खेलाडीहरुको अक्सन डिसेम्बर १७ र १८ मा हुनेछ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु