श्यामशितल परियार, लमजुङ । सुन्दरबजार नगरपालिका–९, मा रहेको फ्युचर स्टार आवसीय माविले आफ्नो रजत जयन्ती विभिन्न कार्यक्रमका बीच मनाउने भएको छ । विद्यालयले विद्यालयकै सभाहलमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।
पत्रकार भेटघाट कार्यक्रममा विद्यालयका संस्थापक बाबुराम पौडेलले पौष १८ वा २६ गते विद्यालयले रजती मूल समारोह भव्यताका साथ मनाउने जानकारी दिए । ‘हामीले विगतमा पौष १८ मै विद्यालयको वार्षिकोत्व मनाउँदै आएका छौँ । विभिन्न चाडपर्व पनि परेका छन् । हामीले यसपाली पौष २६ गते रजत जयन्ती मनाउन सक्छौँ,’ उनले जानकारी गराए ।

विद्यालयका संस्थापक पौडेलका अनुसार रजत जयन्तीको अवसरमा विद्यालयले मंसिर महिनाभर विभिन्न जिल्लाव्यापी कार्यक्रम सञ्चालन गर्नेछ । उनका अनुसार विद्यालयले मंसिरमा जिल्लाका ८ वटै स्थानीय तहमा अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता एकैदिन सञ्चालन गर्नेछ । गाउँपालिकाका लागि एउटै र नगरपालिकाका लागि एउटै प्रश्न हुनेछन् ।
विद्यालयका अनुसार विद्यालयले माविस्तरीय जिल्लाव्यापी भलिवल प्रतियोगिता सञ्चालन गर्नेछ । ज्येष्ठ नागरिकलाई सम्मानित गर्नेछ । रजत जयन्तीलाई सफल पार्न विद्यालयले १ सय ५२ सदस्यीय मूल समारोह समिति, ३५ सदस्यीय कार्य सम्पादन समिति, १७ सदस्ीय सल्लाहकार समिति गठन गरेको छ । विभिन्न ७ उपसमिति समेत गठन गरेको छ ।
सम्बन्धित खबर
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा तनहुँका किरणको मृत्यु
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
लमजुङबाट १०७ वटा भरुवा बन्दुक बरामद
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति