तनहुँ । तनहुँको शुक्लागण्डकी–४ दुलेगौंडामा शनिवार राती माइक्रो र स्कुटर ठक्कर खादा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा रहेका भिमाद–६ निवासी ३० वर्षिय शिव थापा रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक सरोज गिरीले जानकारी दिए । उनको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा सामान्य उपचारपछि पोखराको फिस्टेल हस्पिटल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो ।
दुर्घटनामा सोहि ठाउँका करिव २७ वर्षका तिलक थापा गम्भिर घाइते भएका छन् । उनको फिस्टेल हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्कुटर कसले चलाएको हो भन्ने थाहा हुन सकेको छैन् ।
काठमाडौंबाट पोखरातर्फ आउदै गरेको बा २ ख ४७५४ नं. को सगुन यातायातको हायस र दुलेगौंडाबाट भिमादतर्फ जादै गरेको ग १४ प ३२२३ नं. को स्कुटर ठक्कर खाएको हो । माइक्रो र चालक इलाका प्रहरी कार्यालयको नियन्त्रणमा रहेको छ ।
सम्बन्धित खबर
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
स्याङ्जा साल्मेडाँडाको गोर्खा स्मारक निर्माण कार्यलाई तीव्रता दिइने
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग