पोखरा, मंसिर १७ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सहित ४ जनाले राजीनामा दिएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टलाई पत्र लेखेर उनीहरुले सोमबार राजीनामा दिएका हुन् ।
समितिका उपाध्यक्ष सुनिल गुरुङ सहित सदस्यहरु राजेन्द्र पहारी, देवेन्द्र केसी र राजु गुरुङले राजीनामा दिए । एमाले र काँग्रेसको संयुक्त सरकार हुँदा आफुँहरु खेलकुद विकास समितिमा मनोनित भएको र हाल काँग्रेस सरकारमा नरहेकाले राजीनामा दिएको राजीनामा पत्रमा लेखिएको छ ।
यद्यपी पदीय हैसियत नदिएपछि राजीनामा आएको एकाथरिको भनाई छ । समितिका अध्यक्ष खगराज पौडेल अमेरिका गएपछि उपाध्यक्षलाई छोडेर सदस्यलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिईएको थियो । सदस्य सम्पन्न श्रेष्ठ कार्यवहाक अध्यक्ष हुँदै अध्यक्ष सम्म चयन भए ।
राजनीतिक रुपमा पदीय विभेद गरेपछि रुष्ट बनेका काँग्रेस तर्फका पदाधिकारी र सदस्यहरुले एकमुष्ट रुपमा राजीनामा बुझाएका हुन् । समितिको कार्यकाल ४ महिना बाँकी छ । यो कार्यकाल सकिएपछि नयाँ संरचनामा समिति विस्तार गर्ने तयारी छ । यसका लागि केही ब्यक्तिहरु आन्तरिक लविङमा जुटिरहेका छन् ।
-डिएनए नेपालबाट
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए