को हो त्यो निर्मला ?
जो मरेर पनि दुःख दिइरहेकी छ हामीलाई
किन तर्साउन आइरहन्छ
उसको रगतले लत्पतिएको अनुहार ?
कयौं सपना निमोठेरै आइपुगेका हौं यहाँ
जाबो एउटा कोपिला निमोठियो त के भयो ?
सुनौला रहरहरु दबाएरै आइपुगेका हौं यहाँ
नाथे २–४ आवाजहरु दबाइन्छ त के भो ?
को हो त्यो निर्मला ?
जसको पछाडि गुञ्जिरहेछ अर्राष्ट्रिय विलाप
ताकेर आइरहेछ आवाजहरु सत्ताको नजिक–नजिक
आफैंसँग हारेकी निर्मलाको आत्म
किन घुमिरहेछ बहुमतको सिंहदरबार वरिपरी ?
नाथे निर्मलाहरुको आत्मलाई दबाइदिनु
समृद्धिको छपनिमुनि र भनिदिनु–
यो समृद्धहरुको युग हो, निर्धाहरुको होइन
च्यातिदिनु सत्ताबिरुद्ध सोझिएका मान्छेका टाङ
न्याय माग्नेहरुलाई भनिदिनु–
के सबै कुरा मागेर पाइन्छ ?
अरुले आँखा लगाउने छोरी पनि किन जन्माउने हँ ?
घोषित गरिदिनु ती बाबुआमालाई पागल
र भनिदिनु–यो पागलहरुको देश होइन
रुँदै न्याय माग्नेका छातिहरु चरिदिनु
र हाँस्दै टाँगिदिनु–नयाँ युगको पोस्टर
को हो निर्मला ?
जो मरेर पनि दुःख दिइरहेकी छ हामीलाई
किन तर्साउन आइरहन्छ
उसको रगतले लत्पतिएको अनुहार ?
को हुन् ती नाथे निर्मलाहरु ?
जसका आत्म आइरहेछन् सत्ताको वरिपरी
र, हल्लाउन खोजिरहेछ नयाँ युगको शासकको कुर्चि ।
सम्बन्धित खबर
राजन शर्मा पराजुलीका गजलः ‘कस्तो लोकतन्त्र ?’
अन्तर्राष्ट्रिय कला प्रतियोगितामा पुरस्कृत २३ अन्तराष्ट्रिय कलाकार पुरस्कृत
जन्मदिनमा कृति सार्वजनिक
विद्यालय नाटक महोत्सवको तयारी तीव्र, तालिका सार्वजनिक
ईश्वरमणिको ‘सम्बोधिका’ लोकार्पण
नेपाल लिटरेचर फेस्टिभलको एक दशक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग