पर्वत : काम सुरु गरेको दुई वर्षमै मुस्ताङबाट चीनको सिमाना कोराला नाका पुग्ने सडकको स्तरोन्नति पूरा भएको छ। २९ करोड रुपैयाँ लगानीमा २०७३ सालदेखि सडक स्तरोन्नतिको काम सुरु गरिएकोमा तोकिएको समयभित्रै दिवा–रौताह–एपेक्स जेभीले काम सम्पन्न गरेको हो।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि चीनको सिमाना कोरला नाका जोड्ने १६ किलोमिटर सडक अन्तरगत छोसेर–कोरला खण्डको स्तरोन्नति गरिएको हो। जोमसोम–कोरला खण्डमा सात वटा प्याकेजमा भइरहेको सडक स्तरोन्नति आयोजनामध्ये कोरला नाकातर्फको अन्तिम प्याकेजको काम सकिएको हो।
ट्रयाक मात्र खोलिएको अवस्थामा रहेको सडक ११ मिटर फराकिलो बनाउनुको साथै नाली, ग्यावियन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको छ। कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजनाले लोमान्थाङ गाउँपालिका १ छोसेरदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा पर्ने कोरला नाकाको २४ नम्बर पिल्लर सम्मको स्तरोन्नति भएपछि मुस्ताङको कोरला नाका हुँदै चीनसँग व्यापारिक कारोबार गर्न सजिलो हुनेछ।
भौगोलिक प्रतिकूलता हुँदाहुँदै पनि तोकिएको समयमा नै सडकको काम सकाएको निर्माण कम्पनीका प्रतिनिधि सकबहादुर लालचनले बताए। सडक स्तरोन्नतिका लागि ४८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको भए पनि दिवा–रौताह–एपेक्स जेभीले भ्याट सहित २९ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सडक सजिलो बनेसँगै मालवाहक ट्रकहरु सजिलै लोमानथाङ–चीन आवतजावत गर्न सक्नेछन्। सडक स्तरोन्नतिसँगै कोरला नाका खुलाउन सुरक्षा तयारी र चीन सरकारसँग कुटनीतिक पहल भइरहको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले जानकारी दिए। – थाहा खबर
सम्बन्धित खबर
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
कैदी बन्दी न्यायिक सरोकारमा नल बहादुर मनोनित
वालिङमा चक्कु प्रहारबाट २० वर्षीय युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग