पोखरा, २१ मंसिर । पोखरा महानगरपालिका वडा नम्बर १९ को भवन शिलान्यास गरिएको छ । वडा भवनको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार शिलान्यास गरेका हुन् ।
लामाचौरको चौरमा रहेको महेन्द्र प्राविको जग्गामा अत्याधुनिक वडा कार्यालय निर्माण गर्न लागिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै प्रमुख मानबहादुर जिसीले जनतालाई सुशासनको प्रत्याभूति दिलाउन वडा कार्यालय व्यवस्थित हुनुपर्ने बताए । ‘जनताले तिरेको करबाट नै भवन निर्माण गर्न लागिएको हो,’ जिसीले भने, ‘ यो जनताकै भवन हो, भवन निर्माण गर्दा गुणस्तरमा सम्झौता गर्नुहुँदैन ।’ भवन निर्माण गर्दा वडाबासीलाई निगरानी र अनुगमन गर्न उनले आग्रह गरे ।
१५ महिनामा भवन निर्माण गरिसक्ने समय भएकाले त्यो भन्दा अगाडि नै निर्माण गर्न ठेकेदार कम्पनीलाई जिसीले निर्देशन समेत दिए । अत्यधुनिक भवन निर्माणसँगै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेतर्फ वडाको ध्यान जानुपर्ने भनाइ उनको छ ।
कार्यक्रममा वडा नम्बर १९ का वडाध्यक्ष शोभामोहन पौडेलले २ करोड ४२ लाखको लागतमा २ तले अत्याधुनिक भवन निर्माण गर्न लागिएको बताए । उनले वडा कार्यालयको निर्माणसँग विकासको पूर्वाधारलाई प्राथमिकता राखिएको बताए । वडाध्यक्ष शोभामोहन पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य कोपिला केसीले गरेकी थिइन् ।
सम्बन्धित खबर
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’