पोखरा, २२ मंसिर । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भएको १३४ दिन पुगेको छ । अझै पनि प्रहरीले घटनामा संलग्नलाई सार्वजनिक गर्न सकेको छैन । न्यायका निम्ति आवाज उठाउनेहरु भेला भएर मुलुकभर ‘निर्मलाहरुको निम्ति न्याय’ अभियान जारी छ ।

पोखरामा पनि युवाहरु दिनहुँजसो विभिन्न कार्यक्रम आयोजना गरी शान्तिपूर्व खबरदारी गरिरहेका छन् । ‘निर्मलाहरुको निम्ति न्याय’ अभियानले शुक्रबार अपरान्ह ४ बजे पोखरा सिर्जनाचोकमा निर्मलाका हत्यारामाथि कारवाही माग गर्दै दीप प्रज्वलन ग¥यो ।

कार्यक्रममा नागरिक समाजबाट ठाकुर बराल, कलाकार सुनिल सिग्देल, डा. बसन्त गौतम, विवेकशील साझाका गण्डकी प्रदेश संयोजक महेश भण्डारी, महेन पहारीको अग्रसरतामा दाह्री ग्याङका सदस्यहरु, एमआरआरका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

बलात्कार विरुद्ध राष्ट्रिय अभियानले त्यसअघि मोटरसाइकल ¥याली आयोजना ग¥यो । सिर्जनाचोक, सहिदचोक, विरौटा, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सभागृहचोक हुँदै सिर्जनाचोकसम्म मोटरसाइकल ¥यालीपछि दीप प्रज्वलन गरिएको हो । ५ दर्जनजति मोटरसाइकल सहभागी भएको एक अभियन्ता सुरेश पहारीले जानकारी दिए ।

शनिबार दिउँसो १ बजे पनि पोखराको पृथ्वीचोकमा कार्यक्रम आयोजना गरिएको छ ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा