पोखरा, २२ मंसिर । नेपाली प्याराग्लाइडिङ खेलाडीले भारतको मिजोराममा सम्पन्न ‘एफएआई टु’ अन्र्तगतको प्रि वल्र्ड कप एक्यूरेसीमा चौतर्फी रुपमा उच्च सफलता हात पारेका छन् । नेपाली टिमले ओभरअल (इन्डिभिजुअल र टिम) तर्फ उच्च प्रदर्शन गर्दै सबै उपाधि कब्जा गरेका हुन ।
भारत, मिजोराम प्रदेशको शिल्चरमा यहि डिसेम्बर ४ देखि ७ सम्म भएको प्रतियोगितामा नेपालका बिजय गौतमले ओभरअल तर्फ उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भए । उनले १ लाख ६० हजाको पुरस्कार प्राप्त गरे ।
यस्तै, ओभरअलमानै बिशाल थापा (ए) ले दोश्रो स्थान हाँसिल गर्दै नगद ८० हजार र बिशाल थापा (बि) ले तेश्रो स्थान प्राप्त गर्दै नगद ४० हजार जितेका छन् ।
टिम एक्यूरेसी तर्फ समेत नेपालले प्रथम स्थान हासिल गरेको छ । टिम तर्फ नेपालले प्रथम स्थान हासिल गर्दै नगद ८० हजार प्राप्त गरेको हो । टिममा बिजय गौतम, बिशाल थापा (ए) र बिशला थापा (बि) थिए । उक्त प्रतियोगितामा नेपालको दोश्रो सहभागिता हो ।
सम्बन्धित खबर
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
बुद्ध जयन्तीमा याङ्जाकोटमा मेला हुने
त्रिभुवन पौडेल स्मृति अक्षयकोषको लागि मञ्च गण्डकीको सहयोग
श्रमको सम्मान नगर्नेहरू असभ्य नागरिक हुन्: मुख्यमन्त्री अधिकारी
कास्कीलाई सडक मानवमुक्त जिल्ला मनाइने
गण्डकीमा खगराज सरकारलाई साथ दिन राप्रपा सकारात्मक
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग