नेगम परियार, मनाङ । जाडो बढेसंगै मनाङका पशुपालक कृषकहरु गोठ सार्न सुरु गरेका छन् । खर्कहरुमा राखिएको गाईबस्तुको गोठ जिल्लाको तल्लो टार तथा गोठमा सार्न थालिएको हो ।
हिमपात सुरु भएसंगै खर्कहरुमा बाक्लो हिउँ पर्ने र गाईबस्तु तथा गोठालाहरु जाडोमा बस्न नसकने साथै घास तथा चरन क्षेत्र पनि हिउले पुरिने भएकाले मनाङमा गोठ सारिने गरेको स्थानिय युवा कृषक तथा याक चौरी र बुच्चा पालन गर्दै आएका कर्म लामाले बताए ।
हिउँद मौषम र बर्खा मौसमको लागी छुट्टा छुटै दुई गोठ बनाउने चलन छ मनाङमा । बिशेष गरी गर्मी समयमा मनाङका माथिल्ला भागहरु तथा खर्कहरुमा पशुहरुको गोठ हुने गर्दछ भने हिउँदको समयमा जिल्लाका कम हिउँ पर्ने स्थानहरुमा गोठ बनाई पशुहरुलाई सार्ने प्रचलन छ । हिउँदको समयमा जिल्लाका तल्ला भागहरुमा सार्दा घासँको रुपमा फापरको नल, करुको नल र मकैको नल नै हिउँद समयको मुख्य घाँसको रुपमा प्रयोग हुने गर्दछ ।
अबको हिउँदको समय भरी खेत बारीमा कुनै पनि अन्न बाली नलगाईने भएकाले पनि पशुहरुलाई खेतवारीमै छाडा छोड्ने गरिन्छ । साथै गाई, गोरु, बाख्रा, भेडा, च्याङग्राहरुको लागी बिशेष तरिकाले जाडो बाट बचाउनको लागि गोठलाई त्रिपाल लगाई पुरै न्यानो पारिन्छ भने गोठ भित्र पनि सेन अर्थात सल्लाको पातको सोतर ओछ्याएर गोठको भित्र पनि न्यानो पारिन्छ ।

त्यस्तै ठुुला र धेरै पशुहरु जस्तै याक चौरी र बुच्चाहरुलाई भने सिमित जग्गामा पर्खाल वा सुरक्षित एरिया तोकि बार लागाई सोहि स्थान भित्र राखिने चलन रहेको लामाले बताए ।
बिशेष गरि हिउँदको समयमा घरपालुवा गाई बस्तुहरु मनाङ जिल्लाको तल्लो भागहरु दानाब्यू,बगरछाप,धारापानी,र ताल गाउँ लगाएतका गाउँहरुमा गाईबस्तुहरुको गोठ सारिन्छ । हिउँद भरी तल्लो भागमा राखिएको पशुचौपाएहरुलाई फागुनको अन्तीम तिर मात्र पुन खर्कहरुमा सारिने प्रचलन रहेको युवा कृषक तथा याक चौरी र बुच्चा पालन गर्दै आएका कर्म लामाले बताए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा