पोखरा। गत सोमबारदेखि फेवातालमा डुबेर बेपत्ता भएका काठमाण्डौका रोजन श्रेष्ठको शव शनिबार बिहान भेटिएको छ । बिहान तालमा तैरिरहेको अवस्थामा उनको शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिएका छन् ।
उनको शव रत्नमन्दिर नजिकै भेटिएको कार्कीले बताए । काठमाण्डौको ताहाचलबाट दिदीसहित पोखरा घुम्न आएका १९ बर्षीय श्रेष्ठ प्याडल बोटबाट तालमा डुबेर बेपत्ता भएका थिए ।
नेपाली सेना, सशस्त्र, प्रहरीको विशेष टोलीले तारजालीको सहायतामा उनको खोजी कार्य जारी राखेको थियो । उनको शव पोष्टमार्टमका लागी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको इन्स्पेक्टर जगदिश रेग्मीले बताए । उनले राति नै शव उत्रेको हुन सक्ने भन्दै बिहान साढे ६ बजेमात्र शव देखेको बताए ।

लाईफ ज्याकेट बिना सेल्फी खिच्न खोज्दा तालमा डुबेर उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट दिदी रोशनी श्रेष्ठसँग आएका उनी सोमबार पूर्वान्ह साढे १० बजेतिर फेवातालमा डुबेका थिए ।
असावधानीले पोखराका फेवाताल, बेगनासताल, फुस्रेखोला, फेवाताल ड्याम, सेती लगायतका क्षेत्रमा वर्षेनी दर्जनौंले अकालमा ज्यान गुमाईरहेका छन् ।

यसअघि, गत जेठ १३ गते रामेछाप घर भई भक्तपुर बस्ने सुप्रिल लामा बेपत्ता भए । उनी १० दिनपछि मृतावस्थामा भेटिए । जेठ १३ गते दिउँसो साढे तीन बजेतिर आफ्ना चार साथीहरुसँगै फेवातालमा आफै डुंगा चलाएर घुमिरहेका बेला चट्याङ पर्दा सुप्रिल तालको बीच भागमै डुबेका थिए । उनले लाइफ ज्याकेट राम्ररी नलगाउँदा फेवाताल बीचमै डुबे ।
त्यसअघि, चैत २२ गते शुक्लागण्डकी, दुलेगौंडा निवासी ३१ बर्षिय राजु गुरुङ पनि तालबाराही मन्दिर परिक्रमा गर्दा डुंगाबाट फेवातालमा खसेका थिए ।

ठीक सुप्रिल डुबेकै ठाउँमा रोजन बेपत्ता भएका थिए । फेवाताल, बेगनासताल लगायतका तालमा शयर गर्दा अनिवार्य रुपमा लाईफ ज्याकेट लगाउनु पर्ने नियम छ तर कतिले आफै लापरबाही गर्छन् भने बेगनास तालमा आवश्यक ज्याकेट समेत डुंगा समितिले नदिने आरोप लाग्दै आएको छ ।
प्याडल बोर्डबाट फेवातालमा डुबेर वेपत्ता भएको यो पहिलो घटना हो । फेवाताल, बेगनासताल लगायतका तालमा डुंगा शयर गर्दा होस् वा प्याडल बोर्ड, कायाकिङ शयर गर्दा अनिवार्य लाईफ ज्याकेज लगाउन आवश्यक छ । प्रायः घटना यस्तै असावधानीले भइरहेका छन् ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए