पोखरा- पूर्व राजा ज्ञानेन्द्र शाह सोमबार पोखरा आएका छन् । उनका साथ पूर्व रानी कोमल शाह पनि छिन्। निजी भ्रमणमा पोखरा आइपुगेका पूर्व राजारानीको पोखरा एयरपोर्टमा भव्य स्वागत गरिएको छ।

विश्व हिन्दु महासंघ, राप्रपा, नेपाली काँग्रेस (वि.पि), शिवसेना नेपाल, धार्मिक संघसंस्था लगायत सयौं समर्थकहरु पूर्वराजारानीको स्वागतमा जुटेका थिए। विमानस्थल अगाडि स्वागतमा जुटेका समर्थकहरुले ‘हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, राजा आऊ देश बचाऊ’ भन्दै नारा लगाएका थिए। उनीहरुले हिन्दु राष्ट्रको माग र गणतन्त्र विरोधी नारा पनि लगाए ।

पूर्व राजा शाह पोखराको माउण्ट ग्लोरी होटलमा २ साता बस्ने मुल आयोजक समितिका संयोजक केशव भण्डारीले जानकारी दिए। उनले पोखराका विभिन्न पर्यटकीय स्थलको अवलोकन र धार्मिक मठमन्दिरको दर्शन गर्न कार्यक्रम रहेको जनाइएको छ।

पूर्वराजाको भम्रणको अवसरमा राष्ट्रवादी समूहले केशव भण्डारीको संयोजकत्वमा ५ सय १ सदस्यीय स्वागत व्यवस्थापन समिति गठन समेत गरेको थियो । प्रचार प्रसार समितिका संयोजक मोहन केसीका अनुसार सहसंयोजकमा डा. महेन्द्रबहादुर कार्की, चन्द्रबहादुर रानाभाट, गीता गुरुङ, उपसंयोजकमा गणेशलाल श्रेष्ठ, ठाकुर बराल, बन्टी क्षेत्री, कष्णप्रसाद चापागाईँलाई तोकेको छ ।

राष्ट्रवादी भेलाले सचिवमा बरुणविक्रम राणा, भीमराज भण्डारी, बलराम तिवारी, महेश्वर पाण्डे, अनिलकुमार शाही, सहसचिवमा नवराज बसौला, नारायण सुवेदी, रुद्रबहादुर कार्की, कोषाध्यक्षमा रोमबहादुर भण्डारीलाई चयन गरिएको स्वागत व्यवस्थापन मूल समिति कास्कीले जनायो ।

समितिले युवा परिचालनमा नारायण गुरुङ, जनजाति समूह परिचालनमा लेखबहादुर गुरुङ, दलित उत्पीडित उत्थान समूह परिचालनमा लालबहादुर परियार, मुस्मिल समूदाय परिचालनमा मोहमद मोहिन (मुन्ना), जलारी समूदाय परिचालनमा कान्छाकुमार जलारीलाई जिम्मा दिएको जनाएको छ ।


तस्बिर: देश सञ्चार
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा