पोखरा । कर्मचारी समायोजन अध्यादेशको विरोधमा स्थानीय तहका कर्मचारीहरुले सोमबार कार्यालयको कामकाज ठप्प पारे । करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीले सेवा सुविधा कटौति र कर्मचारी बीचमै विभेद गरिएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । पोखरा महानगरपालिकाका कर्मचारीले दिनभर कार्यालयको काम गरेनन् ।
३३ वटै वडा र महानगरको मुख्य कार्यालयमा कामकाज बन्द गरिएको आन्दोलन कार्यक्रमका प्रबक्ता ध्रुव भट्टराईले जानकारी दिए । उनका अनुसार कर्मचारीका सबै संगठनहरु संयुक्त आन्दोलनमा होमिएका छन् । सोमबार उनीहरु गेटमा बसेर विरोध जनाएका थिए । मंगलबार पनि १० देखि १२ बजेसम्म काम ठप्प पार्ने र त्यसपछि कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।
कर्मचारीहरुले ११ गतेसम्मको कार्यक्रम तय गरिसकेका छन् । त्यसपछि पनि बार्ता मार्फत समस्या समाधान नभए दोश्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनले बताए । नगरपालिकामा कार्यरत कर्मचारीहरुलेले उपमेयर मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेललाई ध्यानाकर्षणपत्र बुझाए । सरकारले ल्याउन लागेको कर्मचारी समायोजन अध्यादेशप्रति उनीहरुको असन्तुष्टी छ ।

उनीहरुले सबै अस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको स्थायीत्वको ज्ञारेण्टी हुनुपर्ने, श्रेणी विहिन कर्मचारीलाई २ ग्रेड थप गर्नुपर्ने, सबै तहका सहायकस्तर ५ बर्षभन्दा कम सेवा अवधी भएका कर्मचारीलाई २ ग्रेड थप र ५ बर्ष सेवा अवधी पूरा भएका कर्मचारीलाई १ तह बृद्धी गर्नुपर्ने माग राखेका छन् । यस्तै, सेवा अवधी ५ बर्ष पूरा भएका सहायक स्तर पाचौं तहका कर्मचारीलाई अधिकृतस्तर छैठौं तह र सेवा अवधी ५ बर्ष नपुगेका अधिकृत स्तर छैठौं तहका कर्मचारीलाई २ ग्रेड थप गरि सातौं तह बनाउनुपर्ने उनीहरुको माग छ ।
सेवा अवधी ५ बर्ष पूरा भएका अधिकृत स्तर छैठौं तहलाई आठौं, अधिकृत स्तर सातौं तहलाई नवौं, आठौं तहलाई एघारौं तहमा स्तरबृद्धी गरिनुपर्ने र सेवा अवधी ५ बर्ष पूरा नभएका अधिकृत स्तर आठौंलाई दशौं तहमा बढुवा गरिनुपर्ने माग राखेर कर्मचारीहरु आन्दोलनमा लागेका हुन् । सरकारले जारी गरेको कर्मचारी संयोजन अध्यादेश आफुहरुको हित विपरित भएको भन्दै जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकामा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीहरुले असन्तुष्टी जनाएर आन्दोलनमा होमिएका छन् ।
पोखरा महागरका मेयर मानबहादुर जिसीले कर्मचारीका माग जायज भएकोले माग सम्बोधन गर्नेतर्फ आफूँहरु सचेत रहेको बताए । ‘१६ बर्षसम्म जागिर खाएका पनि छन् । उनीहरुलाई यत्तिकै घर जाउ भन्न पनि सकिँदैन, उनले भने–नियुक्तीको डाटा संकलन गरेर संघीय सरकारकै समन्वयमा एकपटक मौका दिने हाम्रो तयारी छ । जसरी पनि कर्मचारीलाई सेटल गरेर जाने हो ।’ महानगरको आवश्यक्ता अनुसार कर्मचारी भर्ना गर्ने अधिकार दिए समस्या आफै समाधान हुने उनी बताउँछन् । ‘ओएनएम आफैले गर्न पाए सजिलो हुन्थ्यो । त्यैपनि हामी समन्वय गर्छौं, उनी भन्छन्–कर्मचारीको कुरा बुझ्छौं । बस्न चाहाने बस्छन्, नचाहानेलाई पनि रित्तै पठाउँदैनौं ।’
-डिएनए नेपालबाट ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा